यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारे निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न बैठक बोलाइएको एमाले नेता सुवास नेम्बाङ्गले चक्रपथलाई जानकारी दिनुभयो ।  बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको उहाँले बताउनुभयो। सरकारले गर्न हुने नहुने सवै कार्य गरेको र झुक्याएर संसद बैठक स्थगित गरेको भन्दै उहाँले आजको बैठकमा गम्भिर छलफल हुने बताउनुभयो । सरकारले सदन स्थगित  गरेर एमाले फुटाउन दल बिभाजको अध्यादेश ल्याएको र हिजोसम्म दल रोज्न पाउने समय पुरा गरेर आज बैठक बोलाएकोमा असन्तुष्टि जनाउनुभयो । नेम्वाङ्गले भन्नुभयो, ‘एमालेलाई फुटाउन हतार हतार संसद बैठक स्थगित गरियो अनि दल बिभाजनको अध्यादेश ल्याइयो हिजोसम्म दल बिभाजनको समय समाप्त भएपछि आज बैठक बोलाइएको छ यसलाई हामीले गम्भिर रुपमा लिएका छौ ।’

सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर आफ्नो दल फुटेपछि एमाले निकै आक्रामक बनेको छ। दल बिभाजन भईसकेपछि आजको बैठकमा संघीय संसद्‍मा नेकपा (एमाले) विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन्। संसद बैठक अपरान्ह चारबजे बोलाईएको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : ४८ बजे