यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

वाईसीएलले छान्यो संयोजक र सहसंयोजक

काठमाडौं – राष्ट्रिय सम्मेलन सकिएको १० दिनपछि माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले संयोजक र सहसंयोजक चयन गरेको छ । 

वाईसीएलको संयोजकमा सुमन देवकोटा र सह संयोजकमा सुबोध सेर्पाली चयन भएका छन् ।

हालै सम्पन्न वाईसीएलको राष्ट्रिय सम्मेलन नेतृत्व चयन नै नगरी सम्पन्न भएको थियो । वाईसीएलको संयोजक र सहसंयोजक चयन गर्ने अधिकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । वाईसीएलको दुई दिने राष्ट्रिय सम्मेलन १२ भदौमा उद्घाटन भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ५८ बजे