यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

देउवाको गृह नगरमा काँग्रेसको किरिया !

धनगढी । आफूलाई क्रियाशिल सदस्यताबाट हटाएको आवेशमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलुधराका एक कार्यकर्ता काँग्रेसको किरियामा बसेका छन् ।
‘नेपाली काँग्रेसको किरियाको मेरो पहिलो दिन’ अमरगढी ९ का वडा सभापति नरबहादुर पालले कपाल खौरेको फोटो फेसबुकमा राख्दै लेख्नुभएको छ ।
क्रियाशिल सदस्यको विवरण सार्वजनिक गर्दा पालको नाम हटाइएको थियो । आफू लामो समय काँग्रेसको राजनीतिमा लागेको तर अहिले अपमानपूर्वक क्रियाशिल सदस्यताबाट नाम हटाएपछि काँग्रेसको किरिया बसेको पालले बताउनुभयो । मासुभात खाएरै १० दिनसम्म काँग्रेसको किरिया बस्ने पालले बताउनुभयो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : ४४ बजे