यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सभामुख र निर्वाचन आयोगविरुद्ध रिटको सुनुवाइ आज पनि प्रधानन्यायाधीशकै इजलासमा

काठमाडौं । नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको जिकिरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको आज पनि पेसी चढेको छ । निर्वाचन आयोग र सभामुखविरुद्धको सो मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलास तोकिएको छ ।

यसअघि २० भदौमा पनि प्रधानन्यायाधीशै इजलासमा सुनुवाइ तोकिए पनि सो मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै ओलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् । त्यस्तै ह्वीप उल्लंघनमा पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्तको सूचना टाँस नगरेको भन्दै सभामुख अग्नि सापकोटालाई पनि रिटमा विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : ०२ बजे