यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

संखुवासभाको उम्लिङ्गमा एकैपरिवारका ६ जना सदस्यको हत्या, ९० बर्षिय हजुरबुवा मात्रै बाँच्न सफल

काठमाडौं । संखुवासभाको उम्लिङ्गमा एकैपरिवारका ६ जना सदस्यको हत्या भएको छ । संखुवासभा जिल्लाको मादीनगरपालिका १ उम्लिंग खोलागाउँका सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए। ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की  र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको ओझाले बताए । स्थानीय अम्बिका ओझाका अनुसार उनीहरुको शव खोल्साभरी छरिएर रहेको अवस्थामा भेटिएको छ । खाना खाएर सुतेको अवस्थामा छुरा प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ७ जनाको परिवारमा ९० बर्षिय बुवा मात्रै बाँच्न सफल हुनुभएको स्थानियले बताएका छन । अहिले घटना स्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पाँचजना मानिस काटेर फरार अभियुक्तको खोजी कार्य भईरहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १२ : २७ बजे