यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यक बाहेक सबै भेटघाट बन्द

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको  छ ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ हनुभएको उहाँका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिनुभयो ।

अध्यक्ष ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहनुभएको  छ ।  अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताउनुभयो ।

नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय हुनुभएको थियो ।
 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : १३ बजे