यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. थापा नियुक्त

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलन कुमार थापा नियुक्त हुनुभएको छ। यसअघि कोषको कोषाध्यक्ष रहनुभएका थापालाई नेपाल सरकारको प्रधानमन्त्री स्तरीय निर्णयबाट बिहीबार नियुक्त गरिएको हो। 

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८.२.१३ बमोजिम उहाँ चारबर्षका लागि सदस्य सचिव पदमा  नियुक्त हुनुभएको हो ।

 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ४ : ५० बजे