भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अध्यक्ष ओलीद्वारा शेरचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी राजधानी दैनिकको प्रकाशकका रुपमा उहाँले लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा, खासगरी ब्रोडसिट दैनिकको व्यावसायिक प्रकाशनमा महत्वपूर्ण योगदान गर्दै आउनुभएको थियो ।

पछिल्लो समय सञ्चार उद्यमीको सङ्गठन मिडिया एरलाइन्स र सरकारद्वारा गठित विज्ञापन बोर्डको नेतृत्व तहमा रहेर उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको वक्तव्यमा उल्लेख छ ।

‘कोभिड–१९ को महामारीमा जीवन गुमाउनुहुने उहाँ हाम्रो पार्टीका सदस्य हुनुहुन्थ्यो । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ३ : ४३ बजे