भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

किसान महासंघले ५० लाख हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँदै

​​​​​​​काठमाडौं । अखिल नेपाल किसान महासंघले भूमि समस्या समाधान आयोग खारेजविरुद्ध ७७ जिल्लाबाट संकलन गरेको ५० लाख हस्ताक्षर प्रधानमन्त्री शेरवहादुर देउवालाई बुझाउने भएको छ । देशैभरिबाट संकलन गरिएको हस्ताक्षर जिल्ला प्रसाशन कार्यालय मार्फत सोमबार प्रधानमन्त्रीलाई बुझाउने तयारी भएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले बताउनुभयो ।

किसान महासंघले भूमि आयोग खारेज भएसँगै भूमिहिन सुकुम्बासी, अव्यवस्थीत बसोबासमा रहेका जनताहरुको हस्ताक्षर संकलन गरेको दंगालले बताउनुभयो । आयोग खारेजीका बिरुद्धमा भदौं १ गते माईतीघर मण्डलामा अखिल नेपाल किसान महासंघ र नेपाल भूमिहिन सुकुम्बासी संगठनको आयोजनामा बिरोध प्रदर्शन गर्ने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : ०७ बजे