थप ३ हजार ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि, २७ को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १८ हजार ५८२ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा  ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप २ हजार ११८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३८ हजार ७९८ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २७ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल १० हजार २१२ जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : ४५ बजे