विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा पदभार ग्रहण

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । घिसिङले आज प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पुगेर पदबहाली गर्नुभएको हो । पदबहाली अघि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आएर चार वर्षे नियुक्तिपत्र लिनुभएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई ४ बर्षका लागि पुनः नियुक्ति गरेको हो । 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : ३७ बजे