भक्तपुरका ज्येष्ठ नागरिकले कोरोना विरुद्धको दोस्रो खोप लगाउँदै (फोटोफिचर)

भक्तपुर – कोरोना भाइरस विरुद्ध कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका भक्तपुरका ज्येष्ठ नागरिकले आजबाट दोस्रो मात्राको खोप लगाएका छन्  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार यसअघि कोभिशिल्ड खोपको पहिलो डोज लगाइसकेका ज्येष्ठ नागरिकलाई आजबाट अस्ट्राजेनेका खोपको दोश्रो मात्रा लगाउन थालिएको हो । 

यसअघिको सरकारले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिँदै भारतबाट कोभिशिल्डको खोप मगाएको थियो । पहिलो डोज लगाइसकेका  ज्येष्ठ नागरिकलाई भारत सरकारले दोस्रो डोज नदिँदा खोप लगाउन पाएका थिएनन्। भुटान सरकारले दिएको २ लाख ३० हजार डोज र जापान सरकारले उपलब्ध गराएको करिब आठ लाख डोज खोप आएसँगै ज्येष्ठ नागरिकले आजबाट दोस्रो डोज खोप लगाउन पाएका हुन्  ।  

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरको ४ वटा नगरपालिकाहरुले आजबाट खोप लगाउन सुरु गरेको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटमा टोकन प्रणाली मार्फत ६५ वर्ष माथिका  ज्येष्ठ नागरिकहरुले खोप लगाएका छन् ।  हेर्नुहोस् फोटोफिचर…

​​​​​​​

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १ : ०२ बजे