थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १६ हजार ७१८ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा  ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ९९४ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३२ हजार ५९ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २४ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ९२२ जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : ४५ बजे