मेलम्चीले गएराति ७ घर बगायो

सिन्धुपाल्चोक – निरन्तरको बाढीले गएराति मेलम्ची ११ का ७ घर बगाएको छ । असार १ को बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची ११ पिपलबोट का हरीसरण श्रेष्ठ सहितको ६ र पुरानो बजारको १ घर बगाएको स्थानीय नेत्र खड्काले जानकारी दिनुभयो ।

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगागत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुँगे्र बजार, बाढीले मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको छ । यसअघि गएको असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : २५ बजे