दार्चुला घटनाको सत्य तथ्य सार्वजनिक गर्न एमालेको माग

काठमाडौँ। नेकपा एमालेले दार्चुला घटनाका सम्बन्धमा छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले दार्चुलाका जयसिंह धामी महाकाली नदी पार गरिरहेको बेला तुइन काटेर नदिमा बेपत्ता पार्ने घटनाको निन्दा गरेको हो। उक्त घटनाको सत्य तथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने एमालेको माग छ।
 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : २९ बजे