कर्णाली डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो

कर्णाली । कर्णाली नदीमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । डुंगा दुर्घटनामा परी गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको हो ।

कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको थियो । डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता  छन् ।  बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका राँगामलेखा गाउँकी २० वर्षीया उर्मिला सलामीमगरसहित उहाँको दश दिनको शिशु र २० वर्षकै पार्वती थापा रहेका छन् । 

डुङ्गामा १० जना सवार थिए । डुङ्गामा दश जना सवार रहेकोमा पाँच जनाले भने पौडी खेलेर ज्यान जोगाएको बताइएको छ । कर्णाली नदी पारी रहेको सुर्खेत जिल्लाको बिजौरा गाउँतर्फ डुङ्गाचढेर जाने क्रममा नदीमा डुङ्गा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : २२ बजे