यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १५ हजार ८०८ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा  ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ९९३ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २९ हजार ४४४  रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ३३ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ७९१  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : ४२ बजे