यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भएको पुष्टि, सजग रहन मन्त्रालयको अनुरोध

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (एवाई१) भेटिएको जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेका छन् । यसअघि अल्फा र डेल्टा भेरियन्ट फेला परेका थिए । जेठ मध्यदेखि असार मसान्तसम्ममा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनामध्येबाट ४७ वटा नमूना परीक्षणका लागि दिल्ली पठाइएको र सबै नमूनामा डेल्टा भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये पनि ३ वटा नमूना थप उत्परिवर्तन के४१७एन म्यूटेसन भेटिएको छ जसलाई एवाइ१ नाम दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ४३ बजे