रवि लामिछानेको आजको बयान सकियो

हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई राहत वितरण

सिन्धुपाल्चोक । हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । 

हेलम्बुका १२२ घरधुरी र बाढीबाट मृत्यु तथा बेपत्ता भएका १४ परिवारलाई राहत वितरण गरिएको हो । त्यस्तै शनिबार नै मेलम्ची बजार पुनःनिर्माण सरोकार समिति, रेडियो मेलम्ची र नमूना बङ्गुर फार्मलाई रु पाँच लाख ५६ हजार ९७५ रकम हस्तान्तरण गरिएको छ ।

इराकबाट नोर्की शेर्पा, हङ्कङबाट माया आङबुहाङ, स्मार्ट टिमका राम अधिकारी र उषा तामाङ, मलेशियाबाट बुद्ध लामा योञ्जन, नागरिक आवाजकी मेरी राई तामाङ, जुहारी कलाकार सङ्घ भोटेकोशी–१ का अध्यक्ष मुके शेर्पा र कतारबाट सोम तामाङको पहलमा सङ्कलन भएको रकम शनिबार हस्तान्तरण गरिएको नेपाल प्रतिनिधि एवं अभियानकर्मी कृष्ण तामाङले जानकारी दिनुभयो ।

हेलम्बुमा १४ मृतक र बेपत्ता परिवारलाइ रु १० हजारका दरले र अन्य प्रभावितलाई रु तीन हजार ५०० का दरले राहत वितरण गरिएको तामाङले बताउनुभयो । 

त्यस्तै रेडियो मेलम्ची र मेलम्ची बजार पुनःनिर्माण सरोकार समितिलाई रु १५/१५ हजार र नमूना बङ्गुर फार्मलाई रु आठ हजार प्रदान गरिएको तामाङले बताउनुभयो । 
 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : २३ बजे