रवि लामिछानेको आजको बयान सकियो

चीनबाट हालसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप ल्याइयो

काठमाडौँ – छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ । 

    चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उहाँले बताउनुभयो । 

    उहाँले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिनुभयो । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

रासस 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १० : १८ बजे