हामी विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका छौँ । विश्व भनेको धर्ती र मानव समाज । प्रकृति र मानव समाज । यसको सन्तुलन पनि कायम गर्न चाहिरहेका छौँ । योग मूलतः यिनै विषयसँग केन्द्रित छ । योग यस भूमिको उपज हो । हामी यस ठाउँलाई आदियोग भूमि भन्न सक्दछौँ । आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषय र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यान आदि कुराको प्रारम्भ गर्नुभएको थियो । त्यसकारण हामी शिवलाई आदियोगी मान्दछौँ ।
हजारौँ वर्ष अगाडिको कुरा हो । जसको मोहेनदोजारो, हडप्पा, नील नदीको सभ्यता, पेकिङको सभ्यता वा जाभाको सभ्यताभन्दा पुरानो र चिन्तनहरूमा पहिलो चिन्तन शृङ्खलाको पहिलो सुरुवात यहीँ भएको थियो । शरीर विज्ञानसम्बन्धी चिन्तनको प्रारम्भ यहीँ भएको थियो । शरीर र मनभित्र चैतन्यको अर्को तह हुन्छ, जसलाई चित्त भनिन्छ । शरीर, मन र चित्तको योग, मानव जीवन र प्रकृतिको योग, हाम्रो प्राण र प्राणवायुको योग । यस्तो योग विज्ञानको सुरुवात यही धर्तीमा भएको थियो । प्रमाणहरू त भेटिँदैनन् तर गणितीय र अन्य प्रकारका अध्ययनहरूले लगभग १५ हजार वर्षअगाडि आदियोगी शिवबाट यस धर्तीमा योग सुरु भएको थियो भन्ने विश्वास गरिन्छ । आदियोगी शिवले पहिलो पल्ट लगभग १५ हजार वर्षअघि यसको सुरुवात गर्नुभयो ।
त्यस बेला समयको मापन हुने गरेको थिएन । इस्वी संवत्को सुरुवात त्यसभन्दा लगभग १३ हजार वर्षपछि भयो । इसाको समय भनेको योग प्रारम्भ हुनुभन्दा १३ हजार वर्षपछिको समय हो । इसाको समयभन्दा अगाडि बुद्धको समय, त्यसभन्दा अगाडि अरू कतिपय ऋषि, योगीहरूको समय, ध्यानीहरूको समय खासगरी साङ्ख्य दर्शनका प्रादुर्भावकर्ता कपिलमुनिको समयमा यसको नवीकरण भयो । योगलाई लगभग प्रयोगविहीन रहेको अथवा अत्यन्तै थोरै योगीमा मात्रै सीमित रहेको अवस्थामा कपिलमुनिले नवीकरणका साथ प्रस्तुत गर्नुभयो । म अहिले जे चर्चा गरिरहेको छु, यी सबै कुरा नेपालमै भएका थिए । आदियोगी शिव, मैले भनिरहनु पर्दैन । हिमवत्खण्ड र त्यसमा पनि नेपाल देशमै यी सबै कुरा भए । बृहत् भारतवर्षको, भारतवर्ष भनेको साउथ एसिया (दक्षिण एसिया) हो । हिमवत्खण्ड अफगानिस्तानदेखि बर्मासम्मको भूभाग हो । यी भूभागमा नेपाल देशमै यी सबै कुरा भएका थिए । पाशुपत क्षेत्र, मृगस्थली, गुह्यश्वरी र चन्द्रागिरिमा सतीदेवीको भाल (निधार) पतन भएर भालेश्वर पीठ बनेको भन्छौँ । यस्ता पीठहरूले प्रसिद्ध यो ठाउँ, यसै ठाउँमा योगको सुरुवात भएको थियो ।
अहिलेसम्मका खोज, अध्ययन, अनुसन्धानहरूले बताएअनुसार पहिलो पल्ट शिवले आपूmसँग योगसम्बन्धी ज्ञान प्राप्त गर्न खोज्ने सात शिष्य जसलाई सप्तऋषि भनिन्छ । सप्तऋषिहरूलाई अगाडि राखेर योग शिक्षा प्रदान गर्न सुरु गर्नुभएको थियो । योग शिक्षा प्रदान गर्न सुरु गर्दा कुन दिनको छनोट गर्ने भन्दा सबैभन्दा लामो दिन, जुन दिनबाट सूर्यको दक्षिणायन सुरु हुन्छ । पछि आएर सबैभन्दा लामो दिनलाई आजकाल जुन २१ भन्छन् । २१ जुन वर्षको सबैभन्दा लामो दिन हो । सूर्य दक्षिणायन लाग्ने त्यस दिन शिवले आफ्ना सात शिष्य सप्तऋषिलाई पहिलो योग ज्ञान प्रदान गर्न प्रारम्भ गर्नुभयो । संयुक्त राष्ट्रसङ्घले २०१४ बाट त्यही दक्षिणायन लाग्ने दिनलाई बडो हिसाबकिताबका साथ नै अन्तर्राष्ट्रिय योग दिवस भनेर मान्यता दियो । यो शिव युगबाट, शैव सभ्यताबाट जनक सभ्यता, कपिल सभ्यता, बुद्ध सभ्यता, महर्षि पतञ्जलि हुँदै अहिले आएर अन्तर्राष्ट्रिय योग दिवस भएको छ । आज हामी आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइरहेका छौँ । संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाएको वास्तवमै वैज्ञानिक छ, किनभने हाम्रा शास्त्रहरूले गरेको विश्वास, हाम्रा खोज अध्ययन, अनुसन्धानहरूले गरेको विश्वास र अन्य धेरै कुरा हाम्रा गणितमा भर परेका छन् । गणितले गरेको समयको गणनाको विश्वास स्थापित हुनु हाम्रो गणित असाधारण गणित हो भन्ने पुष्टि पनि हो । हाम्रा पूर्वजहरू, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो । र, त्यस दिनलाई आज अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइएको छ । यसमा हामीले सानो चित्त गर्नुपर्ने आवश्यकता छैन ।
यसमा भारतका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीजीले विशेष पहल गर्नुभयो । यो हाम्रो ठाउँमा जन्मिएको, हाम्रो ठाउँमा हुर्किएको, हाम्रो ठाउँमा कायम रहेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न उहाँले जुन प्रयास गर्नुभयो, त्यो सकारात्मक कुरा हो । सराहनीय र प्रशंसनीय कुरा हो । यसमा हाम्रो पनि योगदान रहेको छ । सर्वसम्मतिले संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यो । जसको इतिहासले हाम्रो भूमिसँग १५ हजार वर्ष अगाडिको नाता राख्छ । यसको सम्बन्ध कपिलवस्तुका कपिलमुनिसँग जोडिएको छ । त्यसपछि कपिलवस्तुकै सिद्धार्थ गौतम, गौतम बुद्धसँग नाता जोडिएको छ । त्यसपछि अर्घाखाँचीका महर्षि पतञ्जलिसँग नाता जोडिएको छ । र, त्यस परम्परालाई आत्मसात् गर्दै आज संयुक्त राष्ट्रसङ्घले पनि योग अभ्यासको विस्तारको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यता दिएको छ ।
आज सबैभन्दा लामो दिन, सूर्य दक्षिणायन हुने दिन । यसको जुन २१ भन्ने गणितीय नामकरण पछि भएको हो । तर, पहिले सूर्य दक्षिणतिर लाग्ने दिन, सबैभन्दा लामो दिनलाई मानेर यसलाई योग दिवसका रूपमा छनोट गरिएको थियो । यस दिनको छनोटका लागि नेपालका, भारतका र योगसम्बन्धी ज्ञान भएका विद्वान्हरूले, योगसम्बन्धी खोज, अध्ययन, अनुसन्धान गरेका विद्वान्हरूले ठूलो योगदान गर्नुभएको छ । यो एउटा मिथका रूपमा पनि हुन सक्छ । तर, यसको इतिहास त्यहाँनिर जोडिएको छ । त्यसैले अन्तर्राष्ट्रिय योग दिवस हाम्रो दिवस हो । यहाँबाट प्रारम्भ भएको दिवस हो ।
हामीले योगका अत्यन्त सूक्ष्म मर्महरूबाट योगका कुरा सुरु ग¥यौँ । योगको मर्म के हो ? त्यसबाट सुरु ग¥यौँ । ‘तमसो मा ज्योतिर्गमय’, योगको मर्म यही हो । असतो मा सत्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्माअमृतं गमय । यसको अर्थ हामीलाई असत्यबाट सत्यतिर, अँध्यारोबाट उज्यालोतिर, अप्ठ्यारा, दुर्लभता, रोगबिमार र मृत्युको भयबाट मुक्त गर भन्ने नै हो । चित्तविश्रामको विशेष अवस्थाबाट हामी मुक्त हुन सक्छौँ भन्ने यसको गहिरो अर्थ छ । सिद्धार्थ गौतमले दरबार छोड्दा जुन प्रश्नहरू लिएर फेरि एउटा नयाँ जागरण, चिन्तनको क्षेत्रमा एउटा नयाँ जागरणको र एउटा नयाँ खोजीको प्रारम्भ गर्नुभयोः त्यहाँ अलिकति ग्याप भएको थियो । एक ढङ्गले भन्ने हो भने त्यसको खोजीको चिन्तनको पुनर्उत्थान बुद्धले गर्नुभएको थियो । त्यसलाई लगेर ध्यानका विभिन्न रूपमा उहाँले विकास गर्नुभयो ।
मैले अघि भनेँ, आदियोगी शिवबाट योग सुरु भयो । योगका अनेक आसनहरू शिवबाट सुरु भए । मुद्राहरू शिवबाट सुरु भए । त्यसैकारण नाट्य पनि योगको एउटा अङ्गका रूपमा शिवले सुरु गर्नुभयो, त्यसैले शिवलाई नटराज पनि भनिन्छ । शिवका विभिन्न मुद्राका नृत्यहरू असाधारण मानिन्छन् । यी सबै कुरा योगबाट नै विकास भएका थिए । योगका लागि वाद्यवादनका रूपमा डमरुको ताल विकास गरिएको थियो । त्यो पनि एउटा योग हो । यसर्थ, योगको सङ्गीतसँग, ध्वनिसँग विशेष सम्बन्ध छ । ब्रह्माण्डको सबैभन्दा पहिलो ध्वनि योगध्वनि हो । त्यो ॐ हो । पेटबाट गहिरोसँग खिचिएको श्वास कण्ठ हुँदै शिरसम्म पु¥याउँदा उत्पन्न हुने ध्वनि ॐ हो । यसको उच्चारणले क्रमैसँग उदर, कण्ठ र शिरमा आन्तरिक कम्पन पैदा गर्छ । ॐ लाई प्रथम ध्वनिका रूपमा मानिन्छ । त्यो कुनै पनि वस्तुसँग ठक्कर नखाई शून्यबाट उत्पन्न अनाहत नाद हो । हाम्रो योग विज्ञानले ध्यानमा दुवै कानलाई थुन्दा भित्रबाट सुनिने आवाजलाई अनाहत भन्छ । त्यसपछि त्यसका विभिन्न शाखा विकास भएका छन् ।
योगध्वनिभित्र योगका विभिन्न शाखा फैलिँदै गएर नृत्य, सङ्गीत, वाद्यवादनदेखि अनेक कुरा विकास भएर आएका छन् । अहिले हामी त्यहाँसम्म नजाऔँ ।
हामीले साङ्ख्य दर्शन र साङ्ख्य दर्शनमा आधारित योगलाई फेरि विकास र पुनर्उत्थान गर्ने काम गर्नुपर्छस जो पहिले कपिलमुनिले गर्नुभएको थियो । कपिलमुनि पनि कपिलवस्तुकै हुनुहुन्थ्यो । पछि आएर महर्षि पतञ्जलिले सम्पूर्ण योगलाई आठ भागमा बाँड्नुभयो । त्यसपछि हामीले अष्टाङ्ग योग भनेर अध्ययन गरेका छौँ । अष्टाङ्ग योग भनेको योगका आठ अङ्गको अध्ययनका पाटा हुन् । योगका आठवटा सङ्घटक अङ्ग यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन् । आठ भागमा विभाजित योगका हरेक अङ्ग, हरेकका विशाल शाखाहरू छन् । यमका आफ्ना शाखाहरू छन्, नियमका आफ्ना शाखाहरू छन्, फेरि तिनका अरू भाग र सेक्सनहरू छन् । योगका यी विभिन्न सेक्सन हुन् । र, ती सेक्सनहरूलाई हामी एउटा आसनको सेक्सनमा, एउटा प्रणायामको सेक्सनमा र अर्को ध्यानको सेक्सनमा लान सक्छौँ । सङ्क्षिप्तमा हामीले बुझ्दाखेरि आसन, शरीरलाई चुस्तदुरुस्त राख्न र शरीरको प्रतिरोधी क्षमता सहनशक्ति, वहनशक्ति आदिको विकास गर्न र शरीरलाई जम्न नदिन गति नै जीवन हो । नदी बग्न छोड्यो भने नदी रहँदैन, हावा बहन छोड्यो भने हावा रहँदैन । जे चिज पनि गतिमा निर्भर गरेको हुन्छ । तसर्थ, शरीर पनि गतिमा निर्भर गरेको हुनुपर्छ र गति बेढङ्गीसँग भयो भने, हिँड्दा तरिका पुगेन भने हात भाँचिन सक्छ, खुट्टा भाँचिन सक्छ, लडिन सक्छ । त्यसकारण हरेक काम ढङ्गसाथ गर्नुपर्छ । आसनले ढङ्गसाथ आफ्ना कामहरू गर्न सिकाउँछ ।
मानव सभ्यताको बीचमा के भयो ? सभ्यताको एउटा कालखण्डमा दासयुग आयो । दासहरूले विचरा के योग गर्नु ! उनीहरूलाई मानवको रूपमा होइन, वस्तुको रूपमा लिने एउटा अवधि सुरु भयो । र, उनीहरू मानव होइन, दासको रूपमा चित्रण गरिए । अथवा दास भनेको आवरणबाहेक मान्छे होइन । वस्तुकारूपमा उनीहरूलाई चित्रण गरियो । उनीहरूसँग योग कहाँ पुग्नु, ध्यान कहाँ पुग्नु, ज्ञान कहाँ पुग्नु, शिक्षा कहाँ पुग्नु ! उनीहरूसँग भएका अनुभव, अनुभूतिहरू । ती अनुभूति पनि उनीहरूले प्रकट गर्न पाउँदैनथे । किनभने उनीहरूलाई वस्तुको रूपमा व्यवहार गरिन्थ्यो । वस्तुको रूपमा व्यवहार गरिने भएको हुनाले श्रमिक वर्गहरूको जीवन कठिन थियो त्यस बेला । त्यो कठिन जीवनमा योग कहाँ पाउनु ! त्यसकारण योग अलिक सीमित भएर गयो : ऋषिमुनिहरूमा, ध्यानीहरूमा । यसरी उनीहरू त व्यायम यत्तिकै गरिहाल्छन् । दरबारमा बस्ने शासकहरू अथवा ऋषिमुनिहरू किन तन्दुरुस्त हुन्छन् ? किन तगडा हुन्छन् ? बुढौतीको अवस्थासम्म, बुढेसकालको समयसम्म योगी नरहरिनाथसँग अरू हिँड्न सक्दैन्थे । किन सक्दैन्थे त बुढेसकालसम्म पनि ? योगी नरहरिनाथ बूढो हुँदाखेरि पनि उहाँसँग अरू हिँड्न सक्दैन्थे । किनभने यो योगले हो । योगका कारणले हो ।
हामी एउटा कुरामा स्पष्ट हुनुपर्छ, योग कुनै धर्मविशेषसँग सम्बन्धित छैन । योग अध्यात्मसँग सम्बन्धित छैन । दर्शनहरूको सृष्टिभन्दा अगाडि शैव दर्शनसँग सम्बन्धित छ, दर्शनकै प्रारम्भ यहीँबाट भयो । योगबाट दर्शनको प्रारम्भ भयो । योगबाट ध्यान, ध्यानबाट चिन्तन, चिन्तनबाट मनन, मननबाट ज्ञान विकास भयो ।
ध्यानका विभिन्न शाखा छन्, प्रशाखा छन् । मेरो विचारमा अष्टाङ्ग योगमध्ये आसन शरीरका लागि हो । प्राणायाम हाम्रो जीवत्वका लागि हो । प्राणवायुबिना हामी तीन मिनेटभन्दा बढी बाँच्नै सक्दँैनौँ । तसर्थ, प्राणायामले शरीरलाई, प्राणलाई, शरीरका विभिन्न अङ्गहरूमा, मुटुमा, रगतमा र मुटुमार्फत मस्तिष्कमा पर्याप्त अक्सिजन पु¥याउनका निम्ति, प्राणवायु पु¥याउनका निम्ति र प्राणलाई नियन्त्रणमा राख्नका निम्ति मद्दत गर्छ । दौडियो भने काफी श्वासप्रश्वास बढ्न सक्छ । मान्छे स्वाँस्वाँ, फ्याँफ्याँ हुनसक्छ । स्वाँस्वाँ, फ्याँफ्याँ हुँदैमा प्राणायाम हुँदैन । अक्सिजन पर्याप्त मात्रामा, ठीक मात्रामा र ठीक ढङ्गले पुग्यो भन्न सकिँदैन । फेरि मान्छे त्यसरी दौडिन पनि सक्दैन । त्यसकारण दौडँदा पनि प्राणलाई नियन्त्रणमा राखेर दौडिनुपर्छ । नत्रभने धावकहरूले प्राणलाई यदि नियन्त्रणमा राख्न सकेन भने त्यसको नकारात्मक असर पुग्छ । अथवा योगको आसनले के गर्छ, शरीरका मसलहरू, रक्तसञ्चार आदि कुरालाई चुस्तदुरुस्त राख्छ । आसनले शारीरिक तागत दिन्छ । त्यसकारण दौडिने मान्छेका लागि तागत जरुरी छ । मसल चुस्तदुरुस्त हुन जरुरी छ । तब मात्र ऊ दौडिन सक्छ । उसको फोक्सो मजबुत हुनुपर्छ । फोक्सो मजबुत बनाउन, स्वस्थ बनाउन प्राणायाम जरुरी छ । मस्तिष्क एकदम चतुर हुनुपर्छ, पढ्नका लागि वा खेलकुद सबै कुराका लागि । त्यसका लागि ध्यान जरुरी छ ।
त्यसकारण योगका हामीले दैनिक जीवनमा बुझ्ने कुरा र अध्ययन गर्ने अध्येताहरू तथा सिकाउने गुरुहरू, प्रशिक्षकहरूका व्याख्या र विभिन्न पक्षका विद्याहरूको विस्तार त्यो एउटा कुरा हो । उहाँहरूले सबै शाखा, प्रशाखाको अध्ययन गर्नुपर्छ । यी अष्टाङ्ग योगका, आठैवटा अङ्गका विविध पक्षबारे उहाँहरू सविस्तार जानुपर्छ । तर, दैनिक जीवनमा योग अभ्यास गर्ने हामी योगका अध्येता होइनौँः प्रयोगकर्ता, उपयोगकर्ता मात्रै हौँ । त्यसकारण हामी उपयोगकर्ताले, उपभोगकर्ताले गर्ने कुरा फरक छ । सप्लायर्सले र उभोक्ताले गर्ने काम फरक–फरक छ । स्वामी आनन्द अरुणजी र ममा फरक छ । उहाँ आपूर्तिकर्ता हो, म उपभोक्ता हो । त्यसकारण हामी उपभोक्ताहरूले बुझ्ने कुरा उपभोक्ता जसरी नै बुझ्नु आवश्यक छ । त्यसरी मात्र यसलाई हामी फलदायी ढङ्गले अगाडि लान सक्छौँ ।
यसलाई धर्मसँग जोडेर सङ्कुचन गर्नु हुँदैन । यो धर्मसँग सम्बन्धित थिएन, छैन । अध्यात्मसँग सम्बन्धित थिएन, छैन । यो शरीरसँग, प्रकृतिसँग सम्बन्धित छ । यसैकारण ॐ शान्ति, ॐ शान्ति, जगत् शान्ति, विश्व शान्ति भनेको हो । किनभने जीव–मानव, जीव र वनस्पति, प्रकृतिको मेल हो । मानव, जीव र अन्य जीवहरू, वनस्पति र प्रकृति यी चारैवटा चिजको सङ्गतिपूर्ण मिलन योग हो । योग भनेको मिलन हो । त्यसैले यी चारैवटा चिजको मिलन हुनुपर्छ । एकैछिन भन्नुस् न, यी रूखहरू थिएनन्, यिनले हामीले फ्याँकेको कार्बनडाइअक्साइड लिँदैनथे र हामीलाई अक्सिजन दिँदैनथे भने हाम्रो जीनव सम्भव थिएन । बोटबिरुवा धर्तीमा नहुने हो भने मान्छे हुँदैनथ्यो । अरू जीव पनि हुँदैनथे । जीव हुनका लागि आदानप्रदान चाहिन्छ । मिलन चाहिन्छ । रुखको र मेरो मिलनबाट म श्वास फेरिरहेको छु । कार्बनडाइअक्साइड उसले लिइराखेको छ, अक्सिजन मैले लिइराखेको छु । यसरी हाम्रो मिलन भइराखेको छ । अथवा, पानी र जीवनको मिलन, खाना र जीवनको मिलन र इन्क्ल्युसेभनेस भन्ने छ आजकाल ।
शरीरविज्ञानभित्र असाधारण इन्क्युसेभनेस र हरेक चिजलाई आपूmमा समाहित गर्ने विचित्रको रुल छ, प्रकृतिसँग आपूmमा समाहित गर्ने । र, त्यो आपूmमा समाहित गर्ने कुरालाई हामीले उन्नत र सही तरिकाले समाहित गर्न सक्नुपर्छ । तपाईंले खाना पकाउनुभयो र खाना कुनै बिरुवाको फेदमा राख्दिनुभयो भने त्यो बिरुवा हुन्छ । मान्छेले त्यो खायो भने मान्छे हुन्छ । तपाईंले गाईलाई खुवाउनुभयो भने त्यो गाई हुन्छ । त्यसलाई प्रकृतिले आपूmमा समाहित गर्छ । माटोमा छोड्दिनुभयो भने त्यो माटो हुन्छ । माटोले आपूmमा मिलाउँछ । योगले प्रकृति र हाम्रो सम्बन्धमा विशेष चिन्तनको, अभ्यासको बाटो देखाउँछ । र, जीवनलाई कसरी स्वस्थ बनाउने, जीवनलाई कसरी सन्तुलित बनाउने, जीवनलाई कसरी जीवनजस्तो बनाउने, जीवनलाई कसरी मानव जीवनजस्तो बनाउने रु मानवले आफ्नो जीवनलाई मानव जीवनजस्तो बनायो भने दुनियाँका टन्टा, लडाइँ, झगडा सबै समाप्त हुन्छ ।
हरेक मानव मानवोचित ढङ्गले चल्यो भने, त्योभन्दा ठूलो समस्याको समाधान केही पनि हुँदैन । आज हतियारका चाङ लगाएर किन राख्नुपथ्र्यो रु मान्छे मान्छेजस्तो भइदिएको भए । हरेक मान्छे मान्छेजस्तो भइदियो भने त्यसपछि हतियारको चाङ लगाएर राख्नु पर्दैन । अर्काको सम्पत्तिमा लोभ गरेन भने, अर्काको ईष्र्या गरेन भने मान्छे मान्छेजस्तो हुन्छ । अर्काको अधिकार खोस्न चाहेन भने मान्छे मान्छेजस्तो हुन्छ तर आज त कस्तो छ भने जहाँबाट युद्ध सुरु गराइन्छ, त्यहीँबाट युद्ध व्यवस्थापन गराइन्छ । एकै ठाउँबाट । जहाँबाट घृणा फैलाइन्छ, घृणालाई द्वन्द्वमा विकसित गरिन्छ, त्यहीँबाट त्यसलाई शान्ति प्रक्रियामा ढालिन्छ । अनि शान्तिका मध्यस्थता र सम्झौताहरू गरिन्छ । जसले बढी हतियार बनाउँछ, थुपार्छ र बिक्री गर्छ, जसले मृत्युको व्यापार गर्दिन्छ, उसले शान्तिका कुरा गर्दिन्छ ।
जसले मानवअधिकारको हनन र उल्लङ्घन गरिराखेको हुन्छ, उसले मानवअधिकारका कुरा गरिराखेको हुन्छ । मानवअधिकारसम्बन्धी संस्था सबैभन्दा बढी त्यसलाई चाहिन्छ, जसले मानवअधिकारको उल्लङ्घन गर्छ । स्वामी आनन्द अरुणलाई कुनै मानवअधिकार संस्थाको धेरै जरुरी छ र ? तपाईं हिंसा नै गर्नुहुन्न, भ्वाइलेन्स छँदैछैन त मानवअधिकार संस्था चाहिँदैन । मानवअधिकार संस्था उसलाई चाहिन्छ, जसले उल्लङ्घन गर्छ, त्यसकारण त्यहाँ मानवअधिकार संस्था बढी आवश्यक पर्छ । झट्ट हेर्दा पीडितलाई चाहिएको छजस्तो देखिन्छ । पीडित किन बनाउने ? कसैलाई पीडित किन बनाउने ? मानवोचित व्यवहार हो र पीडित बनाउनु ? पीडित बनाइन्छ, समस्या त्यहाँनिर छ । र, वास्तवमा मानवोचित व्यवहार मात्रै न्याय हो । एउटा मान्छेको हत्या गरिसकेपछि अब न्याय पाउन अदालत जाने भनेको कुरा मन बुझाउने प्रक्रिया मात्रै हो । मान्छे मरिसक्यो, अब कहाँबाट न्याय आउँछ ? कहाँबाट के न्याय पाइन्छ ? त्यसकारण न्याय मानवोचित व्यवहार मात्रै हो । अरूको अधिकारमा हस्तक्षेप नगर्ने, अरूको स्वतन्त्रतामा हस्तक्षेप नगर्ने, अरूका भावनाको कदर गर्ने । त्यहाँनिर न्याय हुन्छ ।
त्यसकारण योगले मनको भावलाई शुद्ध र सकारात्मक राख्न सघाउँछ । चित्तको शुद्धता नै योगको प्रस्थानबिन्दु हो । यसको व्याख्या वर्णन म गर्न चाहन्नँ । मनलाई कसरी शुद्ध राख्ने ? शरीरलाई नुहाएर शुद्ध राख्ने, विचारलाई ध्यानले शुद्ध राख्ने आदि इत्यादि यसका अनेक पक्ष छन् । योगले शुद्ध राख्ने कुरा, स्वच्छ राख्ने कुरा, सबल राख्ने कुरा, सकारात्मक राख्ने कुरालाई आत्मसात् गर्छ । योगले स्वच्छतामा पृथ्वीको स्वच्छता, वायुको स्वच्छता, हावापानीको स्वच्छता, मनको स्वच्छता, वातावरणको स्वच्छता, व्यवहारको स्वच्छता, चिन्तनको स्वच्छता अनेक पक्षको स्वच्छताको कुरा गर्दछ । सकारात्मक सोँचबाट मात्रै त्यो हुनसक्छ ।
आज योगको महत्वपुर्ण अझ बढी प्रखर रूपमा प्रकट भएको छ । मानिसको सबैभन्दा महत्वपूर्ण कुरा हो स्वस्थ रहनु । शारीरिक र मानसिक रूपले स्वस्थ रहनु । स्वस्थ रहनका लागि योग असाधारण उपयोगी छ । यसले आसनको हिसाबले योगीहरूलाई जरुरी हुन्छ, हठासन आदि, सर्वसाधारणलाई सामान्य आसनहरू पर्याप्त हुन्छ । साधना र लामा ध्यानहरू चिन्तकहरूका लागि आवश्यक हुन सक्छ । हामीलाई मन शुद्ध, विचार शुद्ध यसका लागि ध्यान आवश्यक हुन सक्छ । एकदम सङ्क्षिप्तमा लाने हो भने ध्यानका दुईवटा मात्रै पक्ष छन् । एउटा हो, एउटा विषयमा मात्रै केन्द्रित भएर त्यस विषयसम्बन्धी तत्व पत्ता लगाउने प्रयास । त्यसमा हुने सेन्टरलाइजेसन अथवा त्यसमा केन्द्रित हुने एकाग्रता । ऋषिमुनिहरूले ध्यानमा बसेर ज्ञान कसरी प्राप्त गर्छन् ? उनीहरूले एउटा खास विषयमाथि केन्द्रित भएर चिन्तन गर्छन् । त्यसकारण उनीहरूले त्यो चिन्तन गर्दा, विश्लेषण गर्दा, त्यस विषयमा केन्द्रित भएर विश्लेषण गर्दा ज्ञान प्राप्त गर्छन् । एउटा कुनै विषयमा केन्द्रित भएर चिन्तन गर्ने कुरा ध्यान हो । अर्को, मस्तिष्कलाई आराम दिने, चिन्तनबाट मुक्त गर्ने जसलाई समाधि भनिन्छ । समाधि ध्यानको उच्च रूप हो । कुनै पनि विषय दिमागमा आउन नदिने, मनलाई चञ्चल हुन नदिने, अस्थिर हुन नदिने ध्यानको मुख्य पक्ष हो । आँखा चिम्लेर बसेको छ, ध्यान विभिन्न कुराहरूतिर छरिएको छ भने त्यो ध्यान भएन । ध्यान गरेको छ, मेरो मोबाइल कता छुट्यो ? आज फलानो आउँछु भन्थ्यो, किन आएन ? यसो भएपछि ध्यान भएन । ध्यानले कुनै पनि हिसाबले यस खालको प्रवृत्तिलाई स्वीकार्दै स्वीकार्दैन । जति बेला ध्यान भन्छौँ हामी, या त एउटा विषयमा केन्द्रित भएर एकाग्रता हुनुप¥यो । प्रारम्भिक ध्यानको कुरा त्यही हो ।
अर्को, विषयबाट मुक्त भएर दिमागलाई आराम दिने । विषयहरूबाट हामी मुक्त भएर समाधिस्थ स्थितिमा, समाधिभन्दा माथि गएपछि दिमागलाई भ्याकुम राख्यो, खाली राख्यो भने दिमागको शक्ति, सामथ्र्य धेरै गुणा बढ्न सक्छ । किनभने दिमाग पनि केही कुराहरू यस्तो छन् जो कहिल्यै विश्राम गर्दैनन् । मुटुले कहिल्यै विश्राम गर्दैन, फोक्सोले कहिल्यै विश्राम गर्दैन । हाम्रा शरीरभित्रको रक्त प्रणालीले कहिल्यै आराम गर्दैन । हाम्रो पाचन प्रणालीले कहिल्यै आराम गर्दैन । हाम्रो कलेजोले, पित्तथैलीले अरू विभिन्न इन्द्रियले आराम गरिराखेका हुँदैनन् । मस्तिष्क पनि आराम गर्दैन । शरीरलाई हामीले सुतेर आराम दिन सक्छौँ । आंशिक रूपमा निदाएर दिमागलाई आराम दिन सक्छौँ तर पूर्ण रूपमा निद्रामा पनि दिमागले चाहिँ आराम गरेको हुँदैन । त्यो चलिरहेको हुन्छ । त्यसका चेतन, अवचेतन, अर्धचेतन र सुषुप्त अनेक पक्ष छन् । मस्तिष्कलाई एउटा आरामको बिन्दुमा पु¥याउने, जहाँ पुगेपछि कुरा खेल्न सक्दैनन् । मनमा कुनै पनि कुरा खेल्नेबित्तिकै त त्यहाँ आराम भएन । मान्छे जब खेल मैदानमा खेलिराखेको हुन्छ, दौडिराखेको हुन्छ, कसरी आराम हुन्छ ? मस्तिष्क पनि जब कुनै विचार गर्छ, कुनै चिज सोच्छ त्यस बेला विश्राम हुन सक्दैन ।
त्यसकारण विपश्यना पनि ध्यानको एउटा पक्ष हो तर समाधिचाहिँ होइन । विपश्यना आफ्नो अन्तरतिर फर्केर हेर्नु मात्र हो । समाधि विपश्यनाभन्दा माथि हो, विपश्यनामार्फत हेरिएका विचारहरूलाई समाधिमा पुगेपछि छोडिन्छ । विपश्यनाले आफ्नोभित्र शरीरका अनेक पक्ष, विचारका अनेक पक्ष, दिमागका अनेक पक्षलाई हेर्छ भने समाधिले कुनै पक्षलाई हेर्दैन र सबै विषयबाट मुक्त रहने कोसिस गर्छ । समाधिस्थयोगी त्यो हुन्छ, जसले विचारलाई बाह्य कुनै चिन्तन वा अन्य कुराहरूको प्रभावबाट मुक्त राखोस् । त्यसकारण प्रायः योगी, ध्यानी ध्यानका लागि प्रायः शान्त स्थान खोज्छन् । बाह्य कुनै पनि तत्वले ध्यानलाई भङ्ग गर्न सक्छ । ऋषि, महर्षि आदिको ध्यान भङ्ग गर्नुप¥यो भने, उहिले–उहिले मेनका आदि इत्यादि चुरा बजाउँदै अगाडि छमछम नाच्ने र अनि सुरिलो स्वरले कुरा गर्न थालेपछि ऋषिको ध्यान भङ्ग भयो भन्ने हामी सुन्छौँ नि । धेरै चिसो हावाले पनि ध्यान भङ्ग गर्न सक्छ । ठिक्कको चिसो हावा चाहिन्छ । धेरै गर्मीले पनि ध्यान भङ्ग हुन सक्छ ।
यो हठयोगमा मात्रै हुन्छ । गर्मीमा गएर आगो ताप्ने, हिमालमा गएर नाङ्गै बस्ने यो हठयोगभित्र पर्छ । त्यो पनि एउटा योगको पक्ष हो, हठयोगभित्रको । त्यसका साधनाका आफ्ना पक्षहरू होलान् तर हठयोगचाहिँ ध्यान होइन । ध्यान गर्नका लागि र समाधिस्थ हुनका लागि कुनै पनि इन्द्रियहरूबाट दुष्प्रभाव अथवा नकारात्मक प्रभाव पर्नु हुँदैन । दुर्गन्ध आयो भने ध्यान भङ्ग हुन्छ । त्यसकारण दुर्गन्धित ठाउँमा बस्नु हुँदैन । धेरै सुगन्ध भयो भने पनि त्यसले ध्यान भङ्ग गर्न सक्छ, धेरै सुगन्ध पनि हुनुहुँदैन । धेरै चिसो, धेरै जाडो, बाहिरबाट आवाज आएको हुनुहुँदैनः आवाजले ध्यान भङ्ग गर्दिन्छ । त्यसकारण यस्ता ठाउँहरूबाट अलिकति मुक्त भएर ध्यानमा बस्नुपर्छ । नत्र घ्यारघ्यार गरेपछि ध्यान त त्यता तानिहाल्छ । यसर्थ ध्यान गर्ने ठाउँ पनि, स्थान पनि छानिन्छस वातावरण पनि छानिन्छ ।
आज दुनियाँलाई योग चाहिएको छ र यसका निम्ति अनुकूल वातावरण बनेको छ । त्यस्तो वातावरण, तीन हिसाबले भनौँ । एउटा– संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस भनेर, मानेर यसको प्रचारप्रसार गरेको छ र विश्वभरि योग दिवस मानिन्छ । त्यस दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मानिएको छः जुन दिन हामीकहाँ योगाभ्यास र योग प्रशिक्षण सुरु भएको थियो । त्यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवस भनेर मानिएको छ । अर्को कुरा, यसले गर्दाखेरि योग अभ्यास, योगप्रतिको आकर्षण, योगको प्रचारप्रसार, योगबारेको जानकारी दिने काम, गराउने काम र लिने काम बढेको छ । यसलाई मान्छेहरूले बुझ्न थालेका छन् ।
अर्को कुरा, कहिलेकाहीँ कोभिड–१९ जस्ता महामारीले योगको महत्वलाई प्रकट रूपमा अगाडि ल्याइदिन्छन् । यदि मान्छेले राम्ररी योग गर्ने गरेको भए र हाम्रो चिकित्सा प्रणाली, हाम्रा पूर्वजहरूले उहिलेदेखि पत्ता लगाएको चिकित्सा प्रणालीले स्थापित गरेको जीवनशैलीलाई आत्मसात् गरेको भए यस्ता महामारीको प्रभावलाई घटाउन सक्थ्यौँ । हाम्रो प्राचीन चिकित्सा प्रणालीबारे मैले भन्ने गरेको छु । उहिले तीन हजार वर्षअगाडि नै सुश्रुत संहितामा शल्यक्रियासम्बन्धी अवधारणा ल्याइएको थियो । आज आएर शल्यक्रिया भर्खर विकास भएको छ । तर, त्यसै बेला सुश्रुत संहितामा शल्यक्रियासम्बन्धी कुराहरू बताइएको छ । शल्यक्रिया त्यस बेला थियो । मुटुको अप्रेसन, कस्तो बिरामी भयो भने, के भयो भने मुटुको अप्रेसन कसरी गर्नुपर्छ भन्ने कुराहरू पनि समावेश थिए । अर्थात् तीन हजार वर्षभन्दा अगाडि हाम्रो यस भूभागमा, यस भूमिमा शल्यक्रियाको विकास भएको थियो । आयुर्वेद, जडीबुटी, ज्ञानसम्बन्धी कुराहरू हामी चरक संहितामा प्राप्त गर्न सक्छौँ । अरू अनेक विद्यामा प्राप्त गर्न सक्छौँ ।
हाम्रोमा हजारौँ वर्षअगाडि विश्वविद्यालयको जन्म भयो । यस हिमवत्खण्डमा विश्वविद्यालयको जन्म भएको हो । हाम्राअगाडि अहिलेसम्म पनि प्रत्यक्ष रूपमा भएका प्रमाणका रूपमा नै तक्षशीला विश्वविद्यालय छ । यहीँ पटनाको छेउको नालन्दा विश्वविद्यालयको कुरा छ । त्यस विश्वविद्यालयको पुस्तकालयमा नौ लाख पुस्तक थिएः जसलाई अन्धविश्वासको कारणले, अन्धधर्मको कारणले, धर्मान्धताको कारणले, असहिष्णुताको कारणले, सहअस्तित्वलाई अस्वीकार गर्ने कारणले, योगको अभावले जलाउने काम भएको थियो । किन जलाइयो नालन्दा विश्वविद्यालय ? किन जलाइयो तक्षशीला विश्वविद्यालय ? समाजमा योगको अभावले । योग थियो भने त्यो जल्दैन्थ्यो । असहिष्णुता र उन्माद योगसँग मिल्ने कुरा होइन । यद्यपि आज कतिपयले योगका विभिन्न पक्षको अपभ्रंश, अपव्याख्या गर्ने गरेका छन्स धर्मका लागि युद्ध ठीक हुन्छ भनेर । युद्ध कुनै पनि ठीक हुँदैन । कुनै पनि मान्छे मार्नु ठीक हुँदैन । धर्म भनेको एउटा धारणा हो । विश्वासको एउटा पक्ष हो । मानवभित्र विश्वासका अनेक पक्ष हुन्छन् । ती अनेक पक्षमध्ये एउटा पक्षलाई लिएर लडाइँ गर्नु, मारामार गर्नु, भ्रमपूर्ण विश्वासका आधारमा लडाइँ गर्नु वाञ्छनीय होइन । हाम्रो प्राच्य दर्शनले भनेको ॐ शान्ति, विश्व शान्ति, जगत्, शान्ति यो सबैचाहिँ ठीक छ । यसको अध्ययनको क्षेत्र एउटा कुनै धर्ममा मात्रै कैद हुन सक्दैन । त्यहाँ आकाश शान्ति भनिएको छ । यो माथि आकाशमा फाइटरहरू नउडून् भनिएको हो । यो ठीक छ । हाम्रा पूर्वजहरूको उहिलेको दृष्टि कति दूरगामी रहेछ । फाइटर त अहिले बने तर हाम्रा पूर्वजहरू आकाश शान्ति भन्थे, कति दूरदृष्टि रहेछ । गड्याङगुडुङ यताउता नहोस् । आकाशबाट उडेर आएर हिरोसिमा नागासाकीमा बम खसेको थियो । त्यसकारण आकाश शान्ति, पृथ्वी शान्ति भने हाम्रा पुर्खाले उहिल्यै । पनडुब्बीहरू हुँदा रहेछन्, त्यहाँबाट उपद्रो मच्चाइँदो रहेछ । त्यसकारण जल समुद्र शान्ति । यी सबै शान्ति हाम्रा पूर्वजहरूले भन्थे ।
आज योगको महत्व बढेको छ । विश्वमा योगसम्बन्धी धेरै कुराको प्रचारप्रसार भएको छ र हाम्रो ठाउँको शिक्षा, हाम्रो ठाउँको खोज अध्ययन, आविष्कार, हाम्रो ठाउँको ज्ञानलाई हामीले सनातन भन्न सक्छौँ । एउटा धर्मविशेषमा लग्यो हामीले भने त्यसले सङ्कीर्णता ल्याउँछ । यो त शैव धर्मावलम्बीहरूको हो भन्यो भने वैष्णव र अरूअरू त्यहीँभित्र पनि अलग हुन्छन् । त्यसकारण यो धर्मसँग, धर्मको साँघुरो घेराभित्र, यो हिन्दुको, क्रिस्चियनको, इस्लामको वा अरू धर्महरूको घेराभित्र होइन । मानव जातिको व्यापकतासँग, प्रकृतिको व्यापकतासँग अन्तरिक्षको व्यापकतासँग यसको दृष्टिकोण फैलिएको छ ।
त्यसैकारण हाम्रा पूर्वजहरूले बिनाआग्रह गणितको विकास गरे । बिनाआग्रह औषधि विज्ञानको विकास गरे । बिनाआग्रह विभिन्न ज्ञानका विद्याहरूको विकास गरे । आश्चर्यलाग्दो विकास हाम्रा पूर्वजहरूले गरेका थिए र आज हामीले ती पुराना कुराहरूका हाम्रा सनातन ज्ञान, परम्परागत ज्ञान र त्योभित्र लुकेका ऐतिहासिकता र त्योभित्र लुकेका सत्यहरूलाई पत्ता लगाउनु र तिनीहरूलाई प्रचारप्रसार गर्नु एकदमै जरुरी छ । त्यसकारण गर्व गर्नुपर्छ कि हाम्रो देश ज्ञानमूमि, ध्यानभूमि हो । ध्यानभूमि हो, त्यसकारण ज्ञानभूमि पनि हो । तपोभूमि हो, त्यसकारण ध्यानभूमि हो । ध्यानभूमि हो, तपोभूमि हो । यो तपोभूमि हो, ध्यानभूमि हो, ज्ञानभूमि हो । त्यसकारण यो देवभूमि हो । जब तप गर्छ मान्छेले, जब ध्यान गर्छ मान्छेले, जब ज्ञान आर्जन गर्छ मान्छेले, म यहाँ ज्ञानको अर्थ मानवोचित जीवनसँग सम्बन्धित ज्ञानको कुरा गरिराखेको छु । टेक्नोलोजी (प्रविधि) मात्रै ज्ञान होइन । टेक्नोलोजी जरुरी छ तर टेक्नोलोजी मात्रै ज्ञान होइन । प्रविधि ज्ञानको एक अंश हो । ज्ञान भनेको मानवोचित जीवन, मानवोचित चिन्तन, मानवोचित व्यवहार हो । ज्ञानको आधारचाहिँ त्यो हो । नत्रभने जति जेसुकै भए पनि त्यो ज्ञानले ज्ञानको रूप लिँदैन ।
मैले बारम्बार भन्ने गरेको छु, विज्ञान र प्रविधिको विकास सबै मानव जातिका लागि हुनुपथ्र्यो तर दुर्भाग्यवश हाम्राविरुद्ध प्रयोग गरियो । विज्ञान र प्रविधिको विकास हाम्राविरुद्ध प्रयोग गरियो र हामीलाई पछाडि पारियो । हामीबाट उत्पत्ति भएको ज्ञानविज्ञान हाम्रैविरुद्ध प्रयोग भयो । ज्ञानविज्ञान यहाँबाट उत्पत्ति भएको हो । योग ज्ञान हो, योग विज्ञान पनि हो । योग ज्ञान, योग विज्ञान । विज्ञान तथ्यसम्मत, तर्कसम्मत, युक्तिसम्मत औचित्यपूर्ण छ । त्यसकारण यो विज्ञान हो । यसले मानवोचित जीवनका लागि प्रेरित गर्छ, मार्गदर्शन गर्छ । यसकारण यो ज्ञान हो । यसर्थ हामीबाट सुरु भएको ज्ञान विज्ञान हो । प्रविधि र विज्ञानको रूपमा जब पछिल्लो विकास भयो, त्यो हाम्रैविरुद्ध प्रयोग भयो । त्यसपछि हामीलाई पछाडि पारियो ।
अब समय परिवर्तन भएको छ । फेरि एसियाको समय फर्किएको छ, फेरि यस हिमवत्खण्डको समय फर्किएको छ ।
प्रकाशित मिति : ७ असार २०७८, सोमबार ९ : १४ बजे
प्रतिक्रिया