कमरेड माधव नेपालका बारेमा

 क. माधव कुमार नेपाल आफ्नैै राजनीतिक जीवनको सर्वाधिक सङ्कटमा जेलिएका छन् । भनिन्छ मानिसलाई सम्मानको भ¥याङबाट ओर्लनुपर्दा सर्वाधिक पीडा हुन्छ । यही पीडामा अहिले क. माधव नेपाल हुनुहुन्छ । यो पीडाले वहाँले जीवनभरी प्रतिष्पर्धा गरेका केही समुहलाई अल्पकालिन सजिलो त होला तर कतिपयको सार्वजनिक तथा राजनीतिक जीवन नै सङ्कटमा पर्ने आँकलन गरिदैछ । 

कार्ल माक्सको वैज्ञानिक द्वन्ववादलाई जीवन दर्शन मान्ने, कुनै समयका नेपाली कम्युनिष्ट आन्दोलनका सर्वाधिक शक्तिसाली यी नेताले एउटा कुरामा ध्यान पु¥याउन जरुरी छ त्यो के भने कार्ल माक्सकै भनाईमा कुनै पनि घटना घटनलाई वाह्य परिस्थिति सहायक हो र आन्तरिक परिस्थितिले हुने परिवर्तन वा घटना महत्वपुर्ण हो ।

क. मदन भण्डारी र दोश्रो परियताका नेता जीवराज आश्रितको रहस्यमय दुर्घटनाका कारण निधन भएपछि रिक्त भएको नेकपा एमालेको पार्टी प्रमुख अर्थात महासचिव पदमा क. माधव नेपाल आसिन हुन पुगे । त्यो समयमा नेताहरुको सार्वजनिक पहिचान खासै अग्लो थिएन । सिनियर हुनुको नाताले महासचिवमा क. झलनाथ खनाल हुनुपर्ने थियो । तर क. झलनाथ खनालले बहुदलिय जनवादको कार्यदिशालाई आत्मसाथ गर्न सकेनन् । यसको कारण सिद्धान्तको भन्दा पनि आफुभन्दा जुनियर मदन भण्डारीलाई चौथो र पाँचौ महाधिवेशनले महासचिव बनाएको झलनाथ खनालले अन्तर मनदेखि नै मन पराएका थिएनन् । त्यसैले क. सिपि मैनालीको नौलो जनवादका पक्षमा उभिएका थिए । अरु नेताहरुको औसत पहिचान भएका कारण क. माधव नेपाललाई सबैले स्विकारेका थिए । त्यसपछिको लामो समय (२०५०–२०६४) क. माधव नेपाल एकछत्र पार्टीको प्रमुख भए । यही समयमा नेकपा (एमाले)को नौ महिने सरकारको शक्तिशाली उपप्रधानमन्त्रीदेखि कैयौं महत्वपुर्ण जिम्वेवारी लिन पुगे । 

क. माधव नेपाल पार्टी प्रमुख हुँदा उनले क. केपी ओलीको दरिलो साथ र सहयोग पाएका थिए । क. नेपाल आफुले पार्टीमा बिचार र निर्णय दिनेभन्दा पनि आएका विचारहरुको समन्वय गरेर सन्तुलन कायम गर्थे । क. झलनाथ खनाल, क. बामदेव गौतम लगायतका नेताहरु पार्टीमा हावी हुन खोज्दा क. माधव नेपाललाई सकस पथ्र्यो । पार्टीमा क. माधव नेपालको फितलो प्रस्तुतिले कतिपय अवस्थामा पार्टी ढुलमुले चरित्रको अवस्थामा पुग्यो । कतिपय निर्णय बहुमतका आडमा गलत हुन पुगे । गलतलाई गलत भयो भन्दा क. केपी ओली अल्पमतमा परेको, पार्टीको निर्णयको बर्खिलाप बोलेको भन्ने आरोप आउथ्यो । पार्टीका महत्वपुर्ण निर्णयलाई निष्कर्समा पु¥याउन सधै क. केपी ओलीको साथ रहेको कुरा पार्टीमा कसैले विर्षेको छैन । 

विचार दिन सक्ने, निर्णय क्षमता भएको र निर्णयलाई निष्कर्समा पु¥याउने खरो स्वभावका कारण पार्टी भित्र क. केपी ओलीको भुमिका र प्रभाव बढदै गयो । अरुले महिनौ लगाएर गरेका कतिपय बेठिक निर्णय र कामलाई पार्टी र देशको हितका लागि क. केपी ओलीले अस्विकार मात्रै होइन असान्दर्भिक भएको सजिलै पुष्टि गरि दिन्थे । पार्टी भित्रका यस्ता कैयौं घटनाहरुबाट पार्टीमा क. केपी ओलीले समर्थक र बिरोधी दुबै बनाए । 

क. माधव नेपाल सहितका उपल्लो तहका नेता जसलाई पार्टीको महत्वपुर्ण जिम्वेवारीमा पुगेकालाई टिकिरहनु परेको थियो र नपुगेकालाई पुग्नु थियो, उनीहरुले क. केपी ओलीलाई तगारो देख्न थाले । क. केपी ओलीमा क्षमता हुदाहुदै पनि छेक्न अनेकन प्रयास भए । क. ओलीले ठाने कमजोर क्षमता भएका मानिसलाई सधै नेता बनाई रहदा पार्टी र देशले सोचेको प्रगति गर्न सक्दैन । त्यसैले उनले आपैmलाई प्रमुख नेता बनाउनु पर्ने अठोट गरे, तयारी गरे, कार्यकर्ताले साथ दिए । आठौं महाधिवेशनमा क. केपी ओली र क. झलनाथ खनाल अध्यक्ष पदका उमेद्वार बने । क. माधव नेपालले अन्तिम अवस्थामा झलनाथलाई सहयोग गर्नुको अर्थ केपी ओलीलाई रोक्नु, छेक्नु नै थियो । त्यसै भयो । कार्यकर्ताको साथ भएपनि केही नेतालाई नजिक नराखी पार्टीमा चुनाव जित्न सकिदैन भन्ने हेक्का भएका केपी ओलीले नवौं महाधिवेशनमा पुग्दा यो सन्तुलन पनि मिलाए र क. केपी ओली पार्टी अध्यक्ष पदमा निर्वाचित हुन पुगे । यो कुरा क. माधव नेपाललाई मन पर्ने कुरा थिएन । क. झलनाथ खनालले केपी ओलीलाई कहिल्यै नेता स्विकारेनन् । नवौं महाधिवेशनमा नेता क. बामदेव गौतमले लगाएको ‘गुन’ केपी ओलीले कहिल्यै तिरेर सकेनन् । क. बामदेवलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री सुम्पदा मात्रै यो गुन तिरिने भएको छ । 

क. प्रचण्ड र क. केपी ओलीको केमेष्ट्रि कहिल्यै मिलेको होइन । सिद्धान्त, सोच, कार्यनीति र कार्यशैलीमा आनकातान फरक परेका यी नेता एकाएक मिल्न पुगे । दुवैका आ–आफ्ना दाउ थिए । यसबारेमा धेरै चर्चा गर्न आवश्यक छैन । जब यी दुई नेताका कुरा मिल्न छाडे तब यही अवसर पर्खेर बसेका क. माधन नेपाल र क. झलनाथ खनालले खेल्न शुरु गरे । 

क. प्रचण्ड र क. माधव–झलनाथपक्षको निष्कर्स के देखिन्छभने जबसम्म केपी ओली पार्टीमा रहन्छन् तबसम्म सरकार र पार्टी कब्जा गरेर आफ्नो अनुकुल बनाउन सकिदैन भन्ने निर्णयमा पुगेकाले नै आफ्नो पहुँच पुग्दा केपी ओलीलाई पार्टीको साधारण सदस्यसम्म नरहने गरि निष्कासन गरे । यो धेरै पुरानो कुरा होइन । 

पाटी भित्रको टिके बहुमतको आधारमा क. प्रचण्ड र क. माधव समुहले सरकार र पार्टी कब्जा गरेर प्रधानमत्री र पार्टी प्रमुख हत्याउने लक्ष लिएका थिए । पार्टीबाट केपी ओलीलाई कार्वाही गरेको घोषणा गरेपछि प्रथम अध्यक्ष र दोश्रो अध्यक्ष घोषणा पनि गरे । तर सरकारमा परिवर्तन गर्न सडकबाट सम्भव थिएन । प्रकृयामा आउनु पर्छ । उता निर्वाचन आयोगले पार्टीको आधिकारिकताको पैmसला गर्न नपाउदै अदालतको पैmसलाले नेकपाबाट नेकपा एमाले र नेकपा माओवादी अलग भयो । त्यसपछि क.माधव समुह र क. प्रचण्डको सहकार्यमा केही बैधानिक समस्या थपियो । 

पहिलो संसद बिघटन, अदालतको चक्कर, संसद पुनस्र्थापना, सरकारमा बहुमत र अल्पमत, सरकार गठन सम्वन्धि संविधानका सबै धाराको प्रयोग, संसदको दोश्रो बिघटन आदि आदि क्रियाका प्रतिक्रिया हुन् । योभन्दा पहिला र अब सर्बोच्चको पैmसला जस्तो आएपनि सकुन्जेल सरकार र पार्टीको सत्ता जोसँग हुन्छ उसले अर्को प्रतिस्पर्धिलाई सुम्पने कुरा हुदैन । नसकेका दिन ठाउँ खाली गरिदिने हो । अहिले क. केपी ओलीको ठाउँमा अर्को कुनै पनि समकालिन र सम्भावित पात्र भएको भए सजिलै सत्ता बुझाउथे भन्ने कसैले कल्पना गरेको छ भने त्यो सत्य होइन ।  आपूmलाई सिध्याउन कसम खाएर हिँडेकाहरुसँग सजिलै हार मानेर त्वम् शरणम् गर्नु योद्धाको धर्म होइन । क. केपी ओली राजनीतिक योद्धा हुन् । अहिले पनि क. माधव नेपाल समुहको अनुकुल अवस्था हुदै जाने हो भने वहाँको सोच क. केपी ओलीलाई नेकपा एमालेबाट सदाका लागि बिदा गर्ने हो । यसको शुरुवात उनीहरुले नेकपा हुदै शुरु गरेका थिए ।

जहाँसम्म केपी ओलीलाई सरकारबाट हटाउनु पर्ने कारण छ त्यो कुनै मानेमा पनि सही सावित गर्न नसकेकै कारण अहिले हटाउन चाहनेहरु असफल भएका हुन् । केपी ओलीलाई हटाएर जुन विकल्प दिन खोजिएको छ त्यो कुनै पनि मानेमा अहिलेकोभन्दा नेपाल र नेपालीका लागि योभन्दा उत्तम विकल्प होइन । त्यसैले यसमा यो सरकार हटेपछि पद पाउने आसमा बसेकाभन्दा अरुका लागि खासै चासोको विषय बन्न सकेको छैन । जहाँसम्म यो सरकारका बिरुद्धमा घनघोर अफवाह पैmलाउन जुन प्रयास भएको छ त्यो पनि धेरै कामलाग्दो भएको छैन । जस्तै : केपी ओली लगातार संविधान च्यात्तै अगाडि बढी रहेका छन्, केपी ओली राजतन्त्र स्थापना गर्न चाहन्छन्, केपी ओली भारतको हितमा काम गर्छन्, केपी ओलीले संघियता मास्न चाहेका छन्, केपी ओलीले अब देशमा संकटकाल लाउछन्, केपी ओली मौलिक हकको विपक्षमा छन्, केपी ओलीको सरकार भ्रष्टचारमा चुर्लुम्म डुवेको छ, देश बर्बाद पारेको छ आदि आदि । यस्तो भन्ने र आरोप लगाउनेहरुको अनुहार, चरित्र, बिगत, बर्तमान अलिअलि राजनीतिमा चासो राख्ने सबैले बुझेका छन् । केही ठुृला भनिने मिडियाको स्वार्थ केपी ओलीको सरकारभन्दा अरुको सरकार हुँदा पुरा हुने निश्चित देखिने हुँदा तिनीहरु मच्चिएर विरोध गर्छन् । उनीहरुले मिडियामा स्पेस दिएका विज्ञ भनौदाहरु कि त केपी ओलीका सदाबहार बिरोधि हुन् कि त कम्युनिष्ट बिरोधि हुन् । 

सामाजिक सञ्जालमा अल्पज्ञानका आधारमा धारणा बनाएका मानिसहरु धेरै पोखिएका छन् । यो अतिवाद सबैतिर देखिन्छ । विदेशमा बसेर सरकारलाई गालि गर्ने र अर्ति दिनेहरु पनि पार्टीमा भाग लागेकै मानिस हुुन् । बन्न नसकेको देश बनाउने दुखः नगरी अर्काले बनाई दिएको देशको सुखसयल भोग्नेहरुले आफ्नो खुम्चिएको स्वाभिमान्को हिसाव बुझेका दिन तिनको फुर्र्ति खासै काम लाग्दो रहेनछ भनेर बुझ्नेछन् । बरु खाडी र मलेलियामा पसीना बगाउनेहरुले देशका लागि बढी योगदान गरिरहका छन् । सम्पन्न र सप्रेको देश तिनलाई चाहिएको छ । किनकि तिनीहरु परिवारबाट छुट्टिएर बस्नु परेको छ । फर्केर देशमै आउने हो । परिवारसँगै सम्पन्न, समृद्ध नेपालमा सुखले बस्ने सपना पुरा गर्न देश बाहिर पसीना बगाउदै देशको चिन्ता गर्छन् । 

क. माधव नेपाल समुह प्रचण्ड समेतको लक्ष फेरिएको छ । अब आफु सरकार प्रमुख हुन नसक्ने अवस्थामा पुगेका उनीहरुले राम्ररी थाहा पाए । त्यसैले जसरी पनि, जे गरेर पनि केपी ओलीलाई सरकारबाट हटाउनेमा सिमित भएका छन् । यतिमात्रै गर्न सके पनि तिनले ठुलै युद्ध जितेजस्तो उत्सव मनाउने छन् । आफु सिद्धिएकोमा उनीहरुलाई खासै चिन्ता रहेन बरु केपीलाई हटाउन नसकेकोमा बढी दुखी छन् बिचराहरु । चुनाव अर्थात जनतामा जानबाट तर्सिएका छन् । तिनका लागि पार्टी, देश, जनताका समस्या, विकास, महामारीको चिन्ता यी सबै सामाजिक खपतका लागि गरिने कुरा भएका छन् । 

क. माधव नेपाल यति अग्लो उचाईबाट यति साह्रो गिर्नुको कारण अरु सहायक र सहयोगीमा होलान् तर आफ्नो चिन्तन, सोच र भुमिकाकै कारण उनी यति तल झरेका हुन् । अझै झर्दैछन् । क. माधव, क. झलनाथहरु त पद र प्रतिष्ठाको उचाईमा पुगे, उमेरले पनि धेरै साथ दिदैन, क्षमताको अधिकतम् उपयोग गरे अब गर्न खासै केही बाँकि छैन । जीवनको उत्तरार्धमा अझै थप् अपमानित हुने काम नगरे हुन्थ्यो । तर उनका पछि लागेका केही सम्भावना बोकेका, क्षमता भएका मानिस पनि पछि लागेका र साथ दिएका कारण अप्ठ्यारोमा परेका छन् । कमसेकम उनीहरुले केही गर्न सक्छन् । समय छ, उमेर छ, अनुभव छ, विगतमा एउटा उचाई पाएका छन् । अझै सम्भावना सकिएको थिएन । आँट गरे राम्रै हुन्छ । आँट गर्नेहरु बाटामा आईपुगे । वहाँहरु हराउने दिशामा नगए हुने थियो । 

हुन त राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुदैन भनिन्छ तर क. माधव, क. झलनाथ, क. भीम रावल लगायतका कतिपय नेताको विगत र बर्तमानको अवस्थालाई हेर्दा क. केपी ओली भएको नेकपा (एमाले)मा फर्कने कुनै सम्भावना म देख्दिन । यो समुहका बाँकि नेताहरु अमृृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, बेदुराम भुषाल, रामकुमारी झाक्री, बिजय पौडेलहरुले माधव नेपाललाई साथ दिने धेरै सम्भावना छ । यद्यपि यी मध्ये  अष्टलक्ष्मी शाक्य बाहेक कुनै नेताको भुगोलमा स्थान छैन । तिनले चुनाव जितेका होइनन् र मतदातालाई प्रभावित पार्ने अवस्था छैन । 

पुर्व प्रधान न्यायधिस, पुर्व सभामुख, पुर्वप्रधानमन्त्रीहरुको वक्तव्य त आइनै सक्यो अब सबै पुर्वहरु (उपप्रधान, मन्त्री, सांसद, सचिव, आयोगका प्रमुख, सदस्य, न्यायधिस आदिआदि) को स्याल हुइया गराएर यी पाँच पुर्वप्रधानमन्त्रीहरुको गठबन्धनले आममानिसमा सकेसम्म भ्रम छर्ने कोशिस गरिरहन्छन् । 

धेरथोर अरु पुर्वहको पार्टी छ, संगठन छ तर माधव नेपाल र झलनाथको पार्टी छैन । उनीहरुले या त अरुको पार्टीमा टासिनु पर्छ या त नयाँ पार्टी खोल्नु पर्छ । म ढुक्कले विश्वासका साथ भन्छु अहिले माधव नेपाल र झलनाथ खनाल समुहमा भएकाहरुले कुनै नयाँ नामको कानुनि पार्टी त बनाउन सक्छन् तर त्यो पार्टीले आम मानिसको मन जित्न सक्ने छैन । चुनावमा कुनै सिट जित्ने छैन । आपूm सिद्धिदासिद्धिदै यिनले गर्न सक्ने भनेको एमालेका सदाबहार बिरोधिहरुसँग मिलेर के पी ओली सहितको नेकपा (एमाले)लाई क्षति पु¥याउन सक्छन् । जुन अहिले पनि गरिरहेका छन् । एमालेको क्षति कम गर्न एमालेको एकताको पक्षमा रहेकालाई मिलाउने र नमिल्नेलाई अल्मल्याउनुमा हुनेछ । माधव नेपाल ठोस निर्णय गर्न सक्ने, जोखिम लिन सक्ने क्षमता भएको नेता होइनन् । उनले अरुको कुरा सुनेर मिलाउन र खेल्न कोशिस गर्ने हुन् । अहिले उनलाई यही स्वभावको कारण अभैm गम्भिर क्षति भइरहेको छ ।    
  
 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ९ : ३२ बजे