कुन हैसियतले आफुलाइ एमाले भन्ने माधव कमरेड ?

नेपाल कम्युनिष्ट पार्टी एमाले अहिले निकै ठूलो आन्तरिक विवादमा फसिरहेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीविरुद्द चौतर्फी घेरा बन्दी भइरहेको बेला आफ्नै पार्टीका शिर्ष नेताहरु बाट अझ कमजोर बनाउने खेलहरु दिनानुदिन हुनु एउटा दुःखद घटना हो । विगतलाइ फर्केर हेर्ने हो भने नेपालको इतिहासमा आफ्नै पार्टी भित्र आफ्नै बाट आफ्नैलाइ घात अन्तरघात गर्दै सत्ताच्युत गरेका घटनाहरु धेरै छन् । हालसम्म पनि यो शृड्खला रोकिएको छैन यो श्रृखलामा पार्टी शिर्ष नेता माधवकुमार नेपाल लगायत अन्य नेताहरु निरन्तर लागि पर्नु इतिहासलाइ यथावतराख्नु हो भन्दा अनुपयुत्त नहोला । नेकपा एमाले र माओवादी केन्द्र एकता भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि माधव नेपाल एण्ड कम्पनीले प्रचण्डसँग टाँसिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री उपर मोर्चा वन्दी कस्दै पार्टी एकताको मर्म र भावना विपरित अन्तरिम विधानको समेत प्रवाह नगरि दुवै पदबाट हटाउने सम्मको हर्कत गरेको बारे त सबै नेता कार्यकर्तामा जगजाहेरै छ । यी विषयमा कुनै बेला चर्चा गर्न मानसपटलमा घटनाक्रम सुरक्षित रहेकै छ तर २०७७ फागुन २३ पछिका दिनहरुमा पनि नेकपा एमालेको विल्ला भिरेर पार्टी र नेतृत्वको खिलाफमा माधव नेपाल एण्ड कम्पनीले गरेका गतिविधिहरु चर्चा गर्न सान्दर्भिक छन् ।

जब सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रलाइ पूर्बवत अबस्थामा फर्काइदियो तव माधवकुमार नेपाल समुहमा निरासा छटपटाहट बातावरण सृजना भएको दृश्यहरु देखा पर्न थाल्यो र सर्वोच्चको फैसला अप्रत्यासित हो भन्दै अनेकौ आशंका बोकेर २४ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भनि पेरिशडाँडामा माओवादी र एमाले माधव समुह भेला भइ चिन्तन, मनन गरि घटनाक्रमको समिक्षा सहित फेरि एमालेको माधव समुह र माओवादी बीच एकता गर्ने  प्रतिवद्दता जाहेर गर्दै यी दुइ समुह आ–आफ्नो बाटो लाग्ने प्रण गरेका थिए । त्यसपछि पनि निरन्तर भेटघाट बैठक आवत–जावत नरोकिएपछि २४ देखि २७ गते सम्को गतिविधिलाइ नियाल्दै नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले २८ गते केन्द्रीय कमिटीको बैठक बोलाइ उक्त बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको कुरा आम पार्टी पंङ्गतिलाइ थाहा छ । उहाँहरु यदि आफुलाइ एमाले ठान्नु हुन्छ वा अदालतले व्युँतायो भन्ने लाग्छ भने सर्वप्रथम तत्काल धुम्बारार्इ र वालुवाटारमा सम्पर्क समन्वय हुनु पर्दथ्यो तर पेरिशडाँडा र खुमलटार धाउन छाड्नु भएन। पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाइ कमजोर बनाउदै नेकपा एमालेलाइ ध्वस्त पार्न हरसमय लागि परेको उहाँहरुको व्यवहारले प्रस्ट्याइदियो । सामन्यतयः कम्युनिष्ट चरित्र रसंस्कारलाइ समेत कुल्चदै लोकलाजमा  निर्लज्जता प्रदर्शन गरियो। पार्टी विधि, पद्दति, विधानर अनुशासन अनुसार चल्नु पर्छ भनेर आफ्ना अन्धभक्तहरु लाइ रटाउन नछाड्ने तर आफै गुटको भेलाहरु गर्ने यो कस्तो खालकोचरित्र हो ? चैत्र ४ र ५ गते नेकपा एमालेको नाममा गरिएको राष्ट्रिय कार्यकर्ता भेला कुन विधि  या अनुसाशन भित्र पर्दछ ? (जुन भेला बारे पार्टी अध्यक्ष र महासचिवलाइ थाहा पत्तो छैन) केन्द्रदेखि तलै सम्म समानान्तर कमिटी निर्माण गर्नुलाइ के भन्ने ? भेला गर्दै जनबर्गीय संगठनको अध्यक्ष, महासचिव र केन्द्रीय कमिटी तोक्दै हिड्नुलाइ कुन विधि अन्तरगत लिने ? केन्द्रीय कमिटी, स्थायी कमिटी भन्दै प्रत्यक्ष होस् वा भर्चुअल बैठक होस् के यो विधि, विधानसंगत छ ? त्यसकारण माधव समुहले उठाइएको २०७५ जेठ २ मा फर्किनु पर्छ भन्ने मागआफ्नै कारणले स्थापित हुन सकेन ।

वास्तवमा भन्ने हो भने २०७५ जेठ २ मा फर्कने सम्पूर्ण बाटाहरु उहाँहरु कै गतिविधिको कारण ओझेलमा परेको हो, पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारण कदापि होइन । अध्यक्ष ओलीले त एकताका लागि पटकपटक वार्ता गर्दै कार्यदल समेत निर्माण गर्नु भयो तर वार्ताको नाटक मन्चन गरि पार्टीलाइ हराउने, कमजोर बनाउने कार्य माधव समुहबाट भइरहेको छ । भर्खर मात्र पनि अध्यक्ष केपी शर्मा ओलीले एकताको निम्ति निकै लामो पृष्ठभूमि सहित ६ बुँदे प्रस्ताव राख्दै पार्टीलाइ एकतावद्द बनाउन आग्रह गर्नु भयो तर उक्त आग्रहलाइ समेत जालझेल, छलछाम र टिकडम हो भन्दै प्रचण्ड र शेरबहादुर देउवा सँग घाटी जोड्न पुग्ने माधव नेपाल साच्चिकै नेकपा एमालेको शक्तिलाइ खण्डिकृत गर्ने क्षतविक्षत बनाउने योजनामा  लागि परेको पुष्टि हुन्छ । माधव नेपाल समुहलाइ अब एमाले भन्ने हैसियत नै कहा रह्यो भन्ने केहि दृष्टान्तहरु उल्लेख गर्न सकिन्छः पार्टीहरु विधि,विधान र नियमावली अनुसार चल्दछ र चल्नु पर्दछ । त्यसमा अझ संसदीय व्यवस्थामा दल सम्बन्धि विधान र नियमावली लाइ प्रत्येक सांसदले पालना गर्नु पर्ने हुन्छ भने आ–आफ्नो पार्टी ह्वीपमान्नै पर्दछ तर दुःखद घटना भन्नु पर्छ । आफुलाइ एमाले भन्न नछाड्ने तर  पार्टी ह्वीप पनि नमान्ने प्रवृत्ति प्रकट भयो र कर्णाली प्रदेशमा फ्लोर क्रुस गरि पार्टीलाइ हराउने काम भयो, आफ्नै पार्टी अध्यक्षतथा प्रधानमन्त्री केपी शर्मा ओली द्वारा संसदमा विश्वासको मत माग्दा २८ जना सांसद अनुपस्थिती भइ ह्वीप उलड्घन गर्नु, बागमति प्रदेश राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेद्वार रामबहादुर थापाको विपक्षमा मतदान  गरिपार्टीलाइ  हरानु,  

संविधानतः नयाँ प्रधानमन्त्रीको लागि मार्ग प्रसस्तगर्दै सम्माननीय राष्ट्रपति समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि प्रधानमन्त्री दावी पेश गर्ने सन्दर्भमा आफ्नो पार्टीका अध्यक्ष तथा दलका नेता माननीय केपी शर्मा ओलीको विरुद्द प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाइयोस् भनि एमालेका माधव नेपाल समेत २६ जना सांसदले हस्ताक्षर गरि सम्माननीय राष्ट्रपति समक्ष दरखस्त दिनु, संसद विघटनलाइ असंवैधानिक कदम भनिआफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री विरुद्द सर्वोच्च अदालतमा विपक्षी सँग साँठगाँठ गरि २३ जना सांसद (एमाले) ले रिट दायर गर्नु, बजेट भाषण पश्चात् विपक्षीसँग मिली सरकारको विरुद्द प्रेस विज्ञप्ति मार्फत कर्मचारीलाइ सरकारलाइ असहयोग गर्न आग्रह गर्नु, लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि भएको निर्वाचनमा पार्टी उम्मेद्वार लाइ हराउनु, पार्टी र सरकार विरुद्द स्थायी कमिटी सदस्यहरुको हवाला दिदै विज्ञप्तिहरु निकाल्ने जस्ता अनाधिकृत कृयाकलाब गर्नु, कर्णाली प्रदेशमा पार्टी ह्वीप विपरित विपक्षीलाइ १५ जनाले मतदान गरि पार्टी योजना विफल  पारेको । यस्ता गतिविधिहरु पार्टी विधान, पार्टी अनुशासन, विधि, पद्दति र आचारसंहिता भित्र पर्न सक्दैनन् । हाकाहाकि यस्ता पार्टी विरोधी हर्कत गर्नेहरुले कुन हैसियतले आफुलाइ एमाले भन्ने कमरेड् ?

जब जब नेकपा एमालेलाइ संकट आइपर्छ तब तब यस पार्टीका वफदार सिपाहीहरु, इमान्दार कार्यकर्ताहरु आफ्नो जीवनको पनि प्रवाह नगरि पार्टी रक्षाको निम्ति अग्रपङ्गतिमा उभिएको इतिहास साक्षी छ । २०५४ मापार्टी विभाजनको बेला होस् या २०६४ को निर्वाचनमासर्वनास हार व्यहोरेको बेला होस् कार्यकर्ताहरु अविचलित भइ संस्थापन पक्ष र नेतृत्वको पक्षमा सतिसाल झै उभिइका थिए ।  अहिलेको अव्स्थामा पनि पार्टीलाइ घेरा बन्दी गरि ध्वस्त पार्ने खेलोमेलोको विरुद्द चट्टानी अडानमा कार्यकर्ता उभिएकै हुन् । संस्थापन पक्ष र यसलाइ नेतृत्व गर्ने पार्टी अध्यक्षको पक्षमा उभिनु कुनै अपराध होइन । यसरी सहि दृश्टिकोण र पार्टीको सिद्दान्त एवं विचारलाइ आत्मासाथ गर्दै अघि बढ्ने नेताकार्यकर्ताहरुलाइ ओलीको दास र अन्धभक्त देख्ने माधव नेपाल र उनको समुहलाइ इतिहासले कदापि माफ गर्ने छैन।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ८ : ५४ बजे