यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ ।

कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३)बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति सरकार गठनको आह्वान गरेर बिहीबार दाबी पेश गर्नुभएका एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिसमेत गरिसक्नुभएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ०४ बजे