यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

प्रदेशसभा सदस्य भण्डारीद्वारा पद तथा गोपनीयताका सपथ

सुदूरपश्चिम । बझाङ जिल्ला, प्रदेशसभा (१) मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 

धनगढीस्थित प्रदेशसभा सचिवालयमा सभामुख भीमबहादुर भण्डारीले नवनिर्वाचित प्रदेशसभा सदस्य भण्डारीलाई सपथ गराउनुभएको हो । उपनिर्वाचनमा भण्डारी नेकपा (एमाले)को तर्फबाट एघार हजार छ सय १२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । 

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले एघार हजार तीनसय ४६ मत पाउनुभएको थियो । विसं २०७९ मा भएको निर्वाचनमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिँहको गाडी दुर्घटनामा गतवर्ष असारमा निधन भएपछि बझाङ प्रदेशसभामा उपनिर्वाचन गरिएको हो । 

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ९ : ४७ बजे