मुख्यमन्त्री कार्कीको सपथ ५ बजे

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ आज (बिहीबार) अपराह्न ५ बजे हुने भएको छ।

कोशी प्रदेश प्रमुख कार्यालयले कार्कीको शपथ ५ बजेका लागि तय गरेको हो।

कार्कीको शपथलगत्तै कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने एक स्रोतले जनाएको छ। जसअनुसार एमालेबाट रामबहादुर राना मगरलाई मन्त्री बनाउने तयारी भएको छ। उहाँलाई  अर्थ मन्त्रालयको जिम्मेदवारी दिने गरी छलफल भएको छ। 

यस्तै माओवादी केन्द्रबाट दुर्गा चापागाईँ र गणेश उप्रेतीमध्ये एकजना बनाउने तयारी गरेको छ। माओवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिनेगरी सहमति भएको जनाएको छ। बाँकी मन्त्रालयमा भने गठबन्धनमा छलफल गरेर सहमति भएपछि चाडै मन्त्री टुंग्याउने एक नेताले बताउनु भयो।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ३ : ३३ बजे