विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्र र एमालेका ५२ प्रदेशसभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो । कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेशसभाका ५२ सदस्यको हस्ताक्षरसहित दाबी गर्नुभएको थियो ।
प्रदेश प्रमुखको कार्यालयमा सांसदहरुको सनाखत गरेपछि कार्कीलाई खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँको शपथ ग्रहण केही बेरमै हुनेछ। आजै कार्कीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने सम्भावना छ।
प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार २ : १२ बजे
प्रतिक्रिया