कोशी प्रदेश प्रमुखले सांसदहरूलाई सनाखतका लागि बोलाए

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापसङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरुलाई सनाखतका लागि बोलाउनुभएकाे छ ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित आजै दाबी पेस गरिएको थियो ।

प्रदेश प्रमुखले बिहीबार साढे १२ बजे परिचय पत्रसहित प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सनाखत गर्न आग्रह गर्नुभएको छ ।

संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका प्रमुख दलले सरकार गठनका लागि दाबी गर्नुभएको हाे । 

प्रदेश प्रमुख परशुराम खापसङले गएराती शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको  थियाे ।

 

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १ : ३७ बजे