सरकार बनाउन एमालेसँग छलफल गरेका छैनौं: रमेश लेखक

काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार बनाउने गरी सल्लाह नभएको काँग्रेस सचेतक रमेश लेखकले बताउनुभएको छ । 

पछिल्लो समय दुई प्रमुख पार्टीले मिलेर सरकार गठन गर्न लागेको भन्ने हल्लाप्रति लक्षित गर्दै नेता लेखकले सो कुरा बताउनुभएको हो । पछिल्लो समय मुलुकमा राजनीतिक अस्थिरताको जोखिम चुलिएकाले यस्तो कुरा आए पनि यसमा कुनै सत्यता नभएको उहाँ भनाई छ । 

यसअघि वर्तमान सत्ता गठबन्धन भत्काउन र सरकार ढाल्ने योजना चलेको समेत चर्चा थियो । तर पछिल्लो राजनीतिक घटनाक्रमसँगै यो चर्चा हराउन थालेको छ । 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : ४५ बजे