कम क्षमता भएकाले बढी अवसर पाउँदा लोकतन्त्रको गरिमामा असर: ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा कम क्षमता भएकाले बढी अवसर पाउँदा समस्या आएको बताउनुभएको छ । 

चन्द्रौटामा नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको उद्घाटनको अवसरमा बुधबार अध्यक्ष ओलीले गठबन्धन सरकारमा अस्वाभाविक अवसर दिनु पर्ने बाध्यताको कारण समस्या आइरहेको प्रष्ट पार्नुभएको हो । 

यस्ता बाध्यताका कारण लोकतन्त्रको गरिमा घट्ने र मुलुकमा अस्थिरता बढेको उहाँको निष्कर्ष छ । यसअघि नेकपा एमालेले निर्वाचनमार्फत करिब दुई तिहाई मत ल्याएर मुलुक विकास गर्न खोज्दा षड्यन्त्र गरिएको समेत उहाँले स्मरण गर्नुभयो। विगतको इतिहासका बावजुद अहिले एमाले सरकारमा जानासाथ विकासका कामहरू तीव्र गतिमा अघि बढेको उहाँको भनाई छ । 

विकासको गति देखेर यतिबेला आम नागरिकले एमाले सरकारमा पुगेको महसुस गर्न सकेको तथ्य उजागर गर्दै उहाँले पार्टीको आन्तरिक राजनीतिमा गुटबन्दी नगर्न आह्वान गर्नुभयो । 
 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : ५१ बजे