यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौँ  । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज थापासहित डा प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकोे थियो । अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै रु एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : १४ बजे