यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

मे दिवसको कार्यक्रममा शीर्ष दलका नेताहरू उपस्थित हुने  

काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) आज पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहबारे जानकारी गराएको छ ।

काठमाडौँको भृकुटी मण्डपमा वैशाख १९ गते आयोजना हुने बृहत् मजदुर सभामा प्रधानमन्त्री एवम् नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली काङ्ग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीको विशेष उपस्थिति रहने जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिनुभयो ।

जिफण्टले   'नयाँ सामाजिक सम्झौताको लागि सुदृढ लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादित रोजगारी सहितको अर्थतन्त्र' नाराका साथ १३५ औँ श्रमिक दिवस मनाउन लागिएको हो ।

"जिफण्टले विदेश स्थिति जिफण्ट सहयोग समूह (जिएसजी) मार्फत मे दिवसको कार्यक्रम गर्दै छ । नेपाल भरी ४४ स्थानमा विभिन्न कार्यक्रम आयोजना गर्नेछौँ ।" श्रेष्ठले पत्रकारहरू समक्ष भन्नुभयो ।

सो अवसरमा श्रम अडिट २०८० को प्रतिवेदन सार्वजनिक गर्दै जिफण्ट  अध्यक्ष बिनोद श्रेष्ठले श्रम ऐनको प्रावधान अनुसार रोजगारदाताले श्रम अडिट नगरेकोले मुलुकमा ४० प्रतिशत श्रमिकहरू विभिन्न समस्यामा परेको दाबी गर्नु भयो ।

आज सार्वजनिक श्रम अडिट श्रम कानुन कार्यान्वयनको अवस्थाबारे प्रतिवेदनमा गत सालको तुलनामा नियमित रोजगारीमा रहने श्रमिकको सङ्ख्या वृद्धि भई ५९.७२ प्रतिशत पुगेको उल्लेख छ । वर्ष २०७९ मा भने ५७.१८ प्रतिशतले मात्रै नियमित रोजगार गरिरहेका थिए ।

श्रम अडिटको प्रतिवेदनलाई १० बुँदामा संक्षेप करण गर्दै पत्रकार सम्मेलनमा सुनाइएको थियो । वर्तमान अवस्थामा देशमा भ्रष्टाचार व्यापक भएकोले महँगी चुलिएको र यसबाट सबैभन्दा बढी मजदुरको जीवन आक्रान्त बनेको जिफण्ट ले दाबी गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : २७ बजे