भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मुत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ।

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक जनाको मुत्यु  भएको हो।

दुर्घटनामा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ। घाइतेहरूको पहिचान खुल्न सकेको छैन।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : ४७ बजे