काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैशाख १९ गते मनाउन लागिएको अन्तराष्ट्रिय श्रमिक दिवस (मे दिवस) का कार्यक्रम सार्वजनिक गर्न सोमबार ९१७ गते० पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।
जिफन्ट महासचिव लक्ष्मण शर्माका अनुसार पुतलीसडकस्थित आफ्नै केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सो पत्रकार सम्मेलन आयोजना हुनेछ ।
सो अवसरमा जिफन्टले नेपाली श्रम बजारको अवस्थाबारे गरेको अध्ययन प्रतिवेदन समेत सार्वजनिक गर्ने भएको छ ।
वर्तमान गठबन्धन सरकारले नेपाली श्रमिकहरूप्रति लिएको नीतिबारे जिफन्टले सोही पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ ।
प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार ६ : २५ बजे
प्रतिक्रिया