भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बुद्धचित्त रुख काटेको घटनाको जिम्मा नेकपा (माओवादी)ले लियो

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित बुद्धचित्त मालाको रुख काटेको घटनाको जिम्मा नेकपा (माओवादी)ले लिएको छ । माओवादीका महासचिव महावीर विज्ञप्ति जारी गर्दै  उक्त रुखका कारण स्थानीय जनतामाथि राज्य र दलाल तथा तस्करले पटकपटक दुःख दिने गरेकोले रुख काटेको   भन्दैजिम्मा लिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘चैत्र २९ गते ११ः०० बजे काभ्रेको रोशी गाउँपालिका ५ सीसाखानीका उत्पीडित समुदायमाथि सदियौंंदेखि दलाल सत्ताको राज्य प्रशासनको आडमा तस्करहरु र दलाल राजनीतिक दलको नेतृत्व र त्यसका गुण्डाहरुको कारण बुद्धिचित्त मालाका रुपमा प्रयोग गरिने रुखको कारण त्यहाँका जनतालाई पटकपटक राज्यद्वारा दुःख दिने र झुटा मुद्दा लगाई उत्पीडनमा पार्दै आएका छन् । त्यही रुखका कारण कयौं सर्वसाधारण अहिले झुटा मुद्दा लगाएका र कारागारमा बस्न बाध्य पारिएका छन् । अतः हाम्रो नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले रोशी गाउँपालिकाको उत्पीडित र सर्वसाधरण जनताको माग बमोजिम बुद्धचित्त मालाको रूख हाम्रो पार्टीको नेतृत्वमा काटिएको जानकारी यसै विज्ञप्तिमार्फत सबैमा जानकारी गराउँछौँ । 

विज्ञप्तमिा प्रशासनले जनताको पार्टी र जनताको सेना र सत्ता निर्माण भइसकेको भन्दै जनतालाई दमन र धरपकड गर्ने कोशीस गरे जस्तोसुकै प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिइएको छ । 

रोशी गाउँपालिका–५ नागबेली स्थित ठाकुरानी तामाङको बारिमा रहेको बुद्धचित्त मालाको बोट अपरिचित ब्यक्तिले  चैत्र २९ गते राती काटेका थिए ।

एक हप्ता अघि  घरको ढोका र आगनमा ४ वटा घरेलु सकेट बम राखेर उनहिरुले बोधिचित्तको रूख काटेका थिए । काटिएको ठाउँमा जनमुक्ती सेना नेपाल लेखिएको न्ज्याकेट बरामद भएको थियो । 

घटना घटेको एक हप्तापछि नेकपा माओवादी नामक पार्टीले उक्त घटनाको जिम्मा लिएको विज्ञप्ती सार्वजनिक भएको हो ।  फूल फुल्दै गरेको उक्त रुख यो वर्ष ३ करोडमा विक्री गरिएको थियो । बुद्धचित्त रुख काटेको अभियोगमा नेकपा माओवादीका नेता तथा जनमुक्ति सेनाका पुर्व कमाण्डर सहित चार जना  पक्राउ गरि अनुन्धान भइरहेकाे छ ।

पक्राउ पर्नेहरुमा जनमुक्ति सेनाका पुर्व कमाण्डर प्रभात तामाङ, जनमुक्ति सेनाका कार्यकर्ता धिरज भनिने श्यामकृष्ण मैनाली, एकीकृत समाजवादीका नेता तथा माला व्यापारी सिजन भनिने मानबहादुर तामाङ र प्रभात भनिने दुर्गालाल तामाङ रहेका छन् ।

 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : ४० बजे