झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले अध्यक्ष ओलीद्वारा परशुराम धामको दर्शन

डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डडेल्धुराको परशुराम नगरपालिका-५ नदी किनारामै रहेको परशुराम धामको दर्शन गर्नुभएको छ। अध्यक्ष ओलीको साथमा उहाँको धर्मपत्नी राधिका शाक्य पनि सँगै रहनुभएको छ।

यो चार धाम मध्येको एक धाम हो। भगवान विष्णुको दश अवतारमध्ये परशुराम अवतार भएको धाम महाकाली नदीको किनारमा एला नदीको संगमसँगै रहेको छ।

एकातिर चूरे पर्वत शृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागीरी पर्वतको मध्य भागमा रहेको परशुराम धाम डडेलधुराको सदरमुकाम देखि १ सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दुरीमा सडक मार्गबाट पुग्न सकिन्छ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  २ : २२ बजे