झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

प्लास्टिक प्राणी जगतको लागि खतरनाक

काठमाडौँ । मानव मात्र यस्तो प्राणी हो, जसले आफ्नो बुद्धि विवेक तथा चेतनाको प्रयोगबाट प्राणी जगतमा सर्वोकृष्ट भएका हन् । यहीँ सर्वोकृष्टताको परिणाम पृथ्वी लगायत विश्व ब्रम्हाण्डका लाखौं असख्य जीवजन्तु वनस्पति मध्ये मानिस तिनीहलाई आफ्नो अधिनमा राखी आफ्नो जीवनको अस्तित्वलाई सहज बनाउन उद्यत छ । जसलाई हिजोआज मानिसहर स्वाभाविक मान्दै आएको छ ।

मानिसको चेतना बुद्धि विवेकको कारण आफ्नो दैनिक जीवन सहज बनाउन सर्वप्रथम पोलिमरको आविष्कार सन् १८६९मा जोन हाइटबाट भएको हो भने सन् १९५० मा स्टेन गुस्ताफ थुलिन नामक स्वीडेनका इन्जिनियरले सर्वप्रथम प्लास्टिक वा झोलाको आविष्कार तथा उत्पादन गरेका थिए ।

कम खर्चबाट उत्पादन भएर आफ्नो तौल भन्दा हजारौं गुणा भार उठाउन सक्ने पोलिथिन ब्याग र झोलाको दुरुपयोग भएको छ भने ४ प्रतिशत मात्रै त्यस्ता प्लास्टिकको पुन: प्रयोग गर्न सकिन्छ ।

विद्युतीय उपकरण, खानेकुरा प्याकिङ, मानिसको आधुनिक जीवनशैली, विश्व व्यापार बजारमा सहज र भरपर्दो साधनको रुपमा प्लास्टिकको प्रयोग बढ्दै गएको छ । बालबच्चाको खेलौना, अस्पतालका सिरिन्ज तथा औषधी, रेल रकेट जस्ता विभिन्न प्रकारका सवारीसाधन, दैनिक प्रयोगमा आउने विभिन्न किसिमका सामान तथा औद्योगिक औजार एवम् सामानहको प्याकिङ लगायत अन्तरिक्षसम्म प्लास्टिक कै प्रयोग भएको छ । यसले आजको बर्तमान विश्वको युगलाई प्लास्टिकको युगको रुपमा लिनुपर्ने बाध्यता सृजना भएको छ ।

मानव सभ्यता विकासको क्रममा १९औं शताब्दीको अन्त्यसम्ममा मानिसको घरपरिवारबाट निस्केका प्रकारका दुर्गन्धित फोहोरहर माटोमा मिल्दथ्यो । तर यसले मानव स्वास्थ्यलाई कुनै प्रकारको हानी नोक्शानी पुर्याएको हुँदैन । अझ भन्नुपर्दा नेपाली समाजमा विभिन्न भाषाभाषी तथा जातजातिका मानिसहरूको आआफ्नो सामाजिक संस्कार चाडपर्वहरूमा प्रयोग गरिएका वस्तुहरु एकपटक प्रयोग गरेपछि त्यसलाई जथाभावी फ्याक्दैनन् तर निश्चित ठाउँमा थुपारेर त्यसलाई खेतबारीमा मलको रुपमा प्रयोग गर्ने संस्कृति थियो ।

प्लास्टिकको अत्यधिक प्रयोगबाट महासागर तथा नदीको पानीमा बस्ने जलचरहरुको आन्द्रामा पुगी जीवनचक्र समेत प्रभावित भई मानव जीवनलाई समेत खतरा हुँदै आएको छ । त्यस्तै जमिनमा रहेका विरुवाहरुको जरामा नराम्रोसँग असर पर्दा उत्पादनमा कमी भई समग्र प्राणीहको अस्तित्वलाई प्रभावित भएको छ । साथै प्लास्टिकजन्य वस्तु जलाउँदा कार्वनडाइअक्साइड, कार्वनमनोअक्साइड तथा क्लोरोफ्लोरो कार्वन सहित हावा एवम् ग्यास तथा रसायनको उत्पादनले समग्र प्राणी जगतको स्वास्थ्यलाई नकारात्मक प्रभाव पारेको हुन्छ ।

प्लास्टिक निर्माणमा एलिथिन अक्साइड, जायालिन, बोन्जिन जस्ता खतरनाक रसायनको अत्यधिक प्रयोगले निस्किने हानिकारक पदार्थहरुको व्यवस्थापन गर्न चुनौति बन्दै गएको छ । साथै विश्वको कच्चा तेलको ६ प्रतिशत नै प्लास्टिक उत्पादनमा प्रयोग भइरहँदा सन् २०५० सम्ममा २० प्रतिशत पुग्ने अनुमान गरिएको छ । हालसम्ममा उत्पादित ९ अरब भन्दा बढी टन प्लास्टिकले पृथ्वीलाई ७ चोटि बेर्न सकिने अवस्था छ ।

प्लास्टिकको अत्यधिक प्रयोगले हामीले प्रयोग गर्ने ८३ प्रतिशत पानीमा प्लास्टिकका अति विशालु शुक्ष्म कण हुँदा स्नायु सम्बन्धी र हर्मोनमा परिवर्तन भएर डाइबेटिज र थाइराइडमा समस्या ल्याउँदछ । प्लास्टिक माटो र पानीमा समेत मिश्रण नहुने हुँदा प्लास्टिकजन्य फोहोरको व्यस्थापनमा ठूलो समस्या छ । अति कम मात्रै प्लास्टिकको पुन: प्रयोग गर्न सकिने भएतापनि आर्थिक रूपले थप झन्झटिलो छ ।

मानव जीवनको हरेक क्षेत्रमा प्लास्टिकको प्रयोग प्रत्यक्ष अप्रत्यक्ष भइरहँदा पूर्ण रपमा निषेध गर्न असम्भव छ तर बुद्धिमतापूर्वक प्लास्टिकका सामाग्रीहर बहिस्कार गरेर व्यवस्थापन गर्न सकिन्छ । एकचोटि मात्र प्रयोग हुने ४० माइक्रोन भन्दा कमका प्लास्टिकका सामानहरुको बन्देज राज्यस्तरबाट गर्नैपर्दछ । साथै मानव समाजले पनि त्यस्ता प्लास्टिकको प्रयोगलाई न्यून गर्दै जानुपर्दछ ।

यसर्थ मानिस लगायत सम्पूर्ण सजीव प्राणीहरुको जीवन अस्तित्वलाई बचाउन प्लास्टिक जन्य पदार्यको प्रयोगलाई न्यूनीकरण गर्नु आजको आवश्यकता हो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ९ : ४३ बजे