झ्याप्लेखोलाबाट २५ शव निकालियो

युक्रेनले सार्वजनिक गर्‍यो बन्दी बनाइएका ५ जना नेपाली

काठमाडौं । युक्रेनले बन्दी बनाइएका पाँचजना नेपालीलाई सार्वजनिक गरेको छ ।

रूसी सेनामा भर्ना भएर युक्रेनविरूद्वको लडाईँका क्रममा बन्दी बनाइएका पाँचजना नेपालीसहित आठजनालाई युक्रेनले सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकामा पाँचजना नेपालीसहित ५ क्युबा, सोमालिया र सियरा लियोनका एकरएक जना हुनुहुन्छ । युक्रेनले सार्वजनिक गरिनुभएकाहरूको परिचय भने खुलाएको छैन। तस्बिरमा अघिल्लो लहरमा बायाँतर्फका तीन र पछिल्लो लहरमा दायाँबाट दुईजना नेपाली नागरिक हुनुहुन्छ ।

रोल्पाका प्रतीक पुन, राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने युक्रेनको कब्जामा हुनुहुन्छ ।

उहाँहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह पनि गरेको छ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ८ : २६ बजे