झ्याप्लेखोलाबाट २५ शव निकालियो

बर्दियामा रेबिजका कारण १९ बर्षिय किशोरिको मृत्यु

बाँके । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका– ४ की १९ वर्षीया ममता सिंह ठकुरिको रेबिजका कारण मृत्यु भएको छ। केही महिनाअघि किशोरीलाई कुकुरको बच्चाले टोकेको थियो।

कुकुरको सानो बच्चाले टोकेको केही हुँदैन भन्दै घरपरिवारले रेबिजविरुद्धको भ्याक्सिन लगाएका थिएनन्।
रेबिजको लक्षण देखिएपछि नेपालगन्ज हुँदै उपचारका लागि काठमाडौं लैजाँदै गर्दा किशोरीको मृत्युु भएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताउनु भयो।

उहाँले गत आर्थिक वर्ष ०७९/८० मा रेबिज रोगका कारण जिल्लामा दुईजनाको मृत्यु भएको बताउदै कुकुर बिरालो र मुसाले त टोकेको हो भनेर लापरबाही गर्दा यस्तो घटना घटेको बताउदै अबका दिनमा लापरबाही नगर्न आग्रह समेत गर्नु भएको छ।

कुकुर वा बिरोलोले टोक्ने बित्तिकै रेबिज बिरुद्धको भ्याक्सिन लगाउन अनुरोध गर्नुभएको छ।
 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : ४२ बजे