झ्याप्लेखोलाबाट २५ शव निकालियो

बाँकेमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोक नजिकै मैटहवामा कोहलपुरबाट धनगढीतर्फ जाँदै गरेको लु २ ख ४४९२ नम्बरको फोर्स गाडी र मैटहवाबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ४०५३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका वडा नम्बर १५ का ५७ बर्षीय अटानी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक कोहलपुर(१५ का ६२ बर्षीय मगता थारु भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ३ : ४५ बजे