झ्याप्लेखोलाबाट २५ शव निकालियो

चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एकको मृत्यु,४ घाइते

चितवन । चितवनमा रोकी राखेको ट्रकमा यात्रुबहाक बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दास रहनुभएकाे छ । ट्रक चालक पर्सा वीरगन्ज महानगरपालिका–२३ बस्ने ३३ वर्षको हाकिम मिया (खुट्टामा मध्यम चोट), बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने बर्ष २५ की पुजा गुप्ता (मुखमा मध्यम चोट), भारत सितामढि जिल्ला रमनगरा बस्ने बर्ष ३२ को अम्बर नाथ कुमार (टाउकोमा मध्यम चोट) र भारत विहार राज्य मजापुर जिल्ला बस्ने बर्ष ३९ कि रिता गुप्ता (सामान्य) रहनुभएकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित टायर पञ्चट भई रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोक्किएको थियो  ।

आज बिहान २ः४० बजेको समयमा रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बसले रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस चालक नवलपरासी (सुस्तापुर्व) कावासोती नगरपालिका–१४ बस्ने बर्ष ३९ को लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : ०१ बजे