झ्याप्लेखोलाबाट २५ शव निकालियो

महोत्तरीमा सवारी दुर्घटनामा एकजनाको मृत्यु, एकजना गम्भीर

बर्दिबास । महोत्तरीमा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका–८ बिर्ताका अमित कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

शनिवार जलेश्वर–बर्दिबास सडक खण्ड अन्तर्गत रामगोपालपुर नगरपालिका–३ दोलाठीमा नम्बर नखुलेको चार पाङ्ग्रे सवारीले प्र २ –०२–००३प २३४१ को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा चालक अमितको मृत्यु भएको छ भने  मोटरसाइकलमा सवार सोही ठाउँका अजय मण्डल घाइते हुनुभएकाे छ । 

घाइते मण्डलको अवस्था गम्भीर रहेको र उहाँको उपचार जनकपुरधामस्थित काव्या हस्पिटलमा भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनापश्चात् फरार रहेका सवारीसाधनसहित चालकको खोजी भइरहेको छ । शवलाई पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : ५४ बजे