झ्याप्लेखोलाबाट २५ शव निकालियो

राप्तीसाेनारी जंगलमा एक जना मृत भेटिए, बाघको आक्रमणमा परेको आशंका

नेपालगन्ज । बाँकेमा एक जना मृत भेटिएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ९ स्थित जंगलमा एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी ५५/६० वर्षको पुरुष रहेको स्थानीयले बताएका छन् । उनको पहिचान खुल्न सकेको छैन । प्रहरीले बाघको आक्रमणमा परी मृत्यु भएको आशंका गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : ४६ बजे