झ्याप्लेखोलाबाट २५ शव निकालियो

भोजपुरमा आगलागीबाट ६ घर जलेर नष्ट, अझै आगो नियन्त्रणमा आउन सकेन

भोजपुर। भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी भइरहेको छ ।

आज दिउँसोबाट लागेको आगलागीले स्थानीय बासिन्दाका घरसमेत जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन् ।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जंगलबाट सुरु भएको आगलागीका कारण स्थानीयका घरमा क्षति पुगेको जानकारी दिनुभयो ।

आगलागीबाट बसोबास गर्दै आइरहेका पाँच र खाली एक परिवारको घर जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिनुभयो । हावाहुरीका कारण आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणको प्रयासमा सेना, प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय जुटिरहेका प्रहरी निरीक्षक राईले बताउनुभयो । यो समाचार तयार पारुञ्जेलसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन् ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : २५ बजे