झ्याप्लेखोलाबाट २५ शव निकालियो

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

जलेश्वर ।  राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गर्नुभएको छ ।
    
विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुग्नुभएका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गर्नुभएको हो ।
    
राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भ¥याङमुनि) जलभित्र रहनुभएका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराउनुभएको हो । उहाँले  मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गर्नुभएको थियो । 

यसअघि राष्ट्रपति पौडेलले आज बिहान महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्वा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण गर्नुभएको थियोे ।

बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १ : ४७ बजे