झ्याप्लेखोलाबाट २५ शव निकालियो

मैनामैनीको घटनाप्रति पूर्वराष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उदयपुरको  मैनामैनीमा भएको दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले मैनामैनीमा जीप दुर्घटनामा परी ८  जना यात्रुले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्नुभएको हो ।

उहाँले  मृतकहरूप्रति  श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै  यस्ता सडक दुर्घटनालाई न्यूनीकरण गर्न सवारी साधन, सडक र चालकहरूको अवस्था र दक्षतालाई मूल्याङ्कन गर्न राज्यको गम्भीर ध्यान जान जरुरी रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : ४९ बजे