झ्याप्लेखोलाबाट २५ शव निकालियो

कर्णाली पुलमा गुडिरहेकाे ट्रकमा आगलागी

काठमाडौँ । कर्णाली पुलमा ट्रकमा आगलागी भएको छ ।

ट्रकमा लागेको आगो पुलमा पनि सल्किएपछि आगोले भयानक रुप लिएको छ । पुलका लठ्ठामा समेत आगो सल्केको छ । सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो ।

ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ । आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको प्रहरीले जनाएको छ ।

आगो लाग्नुको कारण भने खुलेको छैन । अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : १३ बजे