झ्याप्लेखोलाबाट २५ शव निकालियो

हतकडीसहित भागेका थुनुवा समात्न दाैडिएका प्रहरी जवानकाे भिरबाट लडेर मृत्यु

काठमाडौं । दार्चुलामा भीरबाट लडेर एकजना प्रहरी जवानको मृत्यु भएको छ ।

हत्कडीसहित फरार भएका थुनुवालाई पक्राउ गर्न लखेट्ने क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत जवान सुवान चौधरी भीरबाट लड्नुभएको थियो ।

हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजाने क्रममा हतकडीसहित भागेपछि उहाँलाई समात्ने क्रममा चौधरी भीरबाट लड्नुभएको प्रहरीले जानकारी दिएको छ ।

चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

हतकडीसहित फरार कुवरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ३ : ४३ बजे