झ्याप्लेखोलाबाट २५ शव निकालियो

महिला अधिकारको क्षेत्रका काम गर्न छुट्टै निकाय स्थापना गरिन्छः महिलामन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रका काम गर्नका लागि छुट्टै संस्था बनाउने बताउनु भएको छ।

११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर मन्त्रालयले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नवनियुक्तमन्त्री चौधरीले सो कुरा बताउनु भएको हो।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको यस अघिको सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको थियो। 

मन्त्री चौधरीले महिला हिंसाको घटना बढिरहेको बेला सो विभाग खारेज गरेकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला अधिकारसम्बन्धि हेर्ने छुट्टै संस्थाको व्यवस्था हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउने बताउनु भयो।

मन्त्री चौधरीले महिला मन्त्रालयमा बजेट बढाउने विषयमा पनि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ६ : ४४ बजे