काठमाडौं । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम 'डाउन' भएको छ।
मंगलबार बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम एक्कासि चल्न छाडेको हो।
नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन्।
प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ।
मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार ९ : ५९ बजे
प्रतिक्रिया